काठमाडौं : पुस १७ गतेदेखि २२ दिन बिदा दिने निर्णय भएको छ । त्रिभवन विश्वविश्वालयले पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको छ । विश्वविश्वालयले आउँदो पुस १७ गतेदेखि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिने निर्णय भएको जनाएको छ ।
गत पुस ३ गते बसेको त्रिविको कार्यकारी परिषद् बैठकले आगामी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको छ । ‘सूचनामा भनिएको छ त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा पूर्व व्यवस्थाअनुसार शिक्षक र
विद्यार्थीहरुलाई दिइदैँ आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता हेरि पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिनसकिने गरी स्वीकृति भएको सबैमा जानकारी गराउँछौँ ।
कोरोनाका कारण विगतमा हिउँदे बिदा समेत कटौती गरिएको थियो । २ वर्षसम्म हिउँदे बिदा नदिएको त्रिविले गत वर्ष बढीमा १० दिन मात्रै हिउँदे बिदा दिएको थियो ।
त्रिविले लामो समयपछि स्ववियु चुनाव पनि गराउन खोजिरहेको छ । फागुन २८ गते चुनाव गर्ने गरी त्रिविले तयारी अगाडि बढाएको छ । जसले गर्दा पनि यो वर्षको बिदामा समेत कडाइ गरिएको छ ।