टोकियो, जापान । अँग्रेजी नयाँ बर्ष शुभारम्भको पहिलो दिननै जापानमा एक नेपाली विद्यार्थीको असामयिक नि’ धनको दुःखद घटना घटेको छ । प्राप्त जानकारी अनुसार नेपाल धनकुटा जिल्ला घर भएका अनिश कटवालको नि’ धन भएको हो ।
सन् २०२२ को जुलाईमा विद्यार्थी भिषामा जापान आएका कटवालको आफु बस्दै आएको कोठामा नै नि’ धन भएको हो । मृ’ तक कटवाल निकट साथिहरुका अनुसार अनिस कोठामा रहेको ओफुरो पानी जमाएर नुहाउने जापानी शैलिको भाँडो मा नै जनवरी १ तारिख बिहान मृ’ त भेटिएका हुन् ।
हामी बिहान ५ बजे नयाँ बर्षको इभ मनाएर कोठामा पुगेका थियौं, भित्र हेर्दा ओफुरोमा नुहाउन लागेको जस्तो देख्यौं । तर हलचल नगरेको देखेर हेर्दा अचेत पायौं र प्रहरी र एम्बुलेन्सलाई बोलायौं । तर प्रहरी र एम्बुलेन्सका कर्मचारीहरुले ओफुरोमा नै नि’ धन भइसकेको बताए ।
बिहान ६ बजे पो’ ष्ट मा’ र्टम लगायतको लागि श’ व लगेको छ । हामी अहिले प्रहरीचौकिमा नै रहेका छौं । उनका साथिले बिहान ७ बजे कुराकानीमा बताए ।नेपाल स्थित परिवारलाई घटना बारेमा जानकारी गराइसकिएको बुझिएको छ । २७ बर्षिय मृ’ तक अनिस कटवाल टोकियो इकेबुकुरोमा बस्दै आएका थिए
भने ताकाराजुका भाषा विद्यालयमा अध्ययनरत थिए ।आ’ त्मह’ त्या वा अन्य कारण जस्तो नदेखिएपनि तत्काल कटवालको नि’ धनको कारण थाहा हुन नसकेको र पो’ ष्ट मा’ र्टम रिपोर्ट पछि मात्र मृ’ त्युको कारण थाहा हुनसक्ने प्रहरीले बताएको छ ।
यो पनि – गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।जिजस क्राइस्टलाई फाँ’ सी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो ।
हाल यसको विश्वव्यापी प्रचार छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ ।