काठमाडौं । अहिले सामाजिक सञ्जालले विश्वभर एकछत्र राज गरिरहेका छन् । अहिले सामाजिक सञ्जालकै युग हो भन्दा फरक पर्दैन । पछिल्लो छोटा भिडियो प्लाटफर्मको रुपमा उदायको शोसल मिडिया टिकटक र फेसबुकको कम्पनी मेटाको अधिनमा रहेको इन्ष्टाग्रामले विश्वका मानिसहरुको अथाह समय खाइरहेका छन् ।
टिकटक र इन्ष्टामा समय नविताउने मानिस सायद कमै छन् । यी प्लाटफर्म आएपछि नेपालीहरुपनि सार्वजनिक रुपमा नै खुल्दै आएका छन् । लवाई–खवाईको चर्चाको विषय बन्ने नेपाली समाजमा सामान्य नारीहरुपनि मोडल जत्तिकै बन्न थालेका छन् ।
विदेशीहरुका मोडलिङका तस्बिर पत्र–पत्रिकामा छापिदा आँखा छोप्न खोज्ने नेपालीहरु आफ्नै छोरी चेलीका मोडलिङका आकर्षक तस्बिर र भिडियोहरु विस्तारै रुचाउन थालेका छन् । यो हो जमाना परिवर्तनको संकेत ।
आज हामी एक पात्रको उही सामाजिक सञ्जालबाट तस्बिर लिँदैछौ । उनले रेज्जी शाहीको नामबाट टिकटक र इन्ष्टाग्राममा मोडलिङ आतंक मच्याइरहेकी छिन् । उनले अत्यन्तै खुलेर तस्बिर खिचाएकी छिन् ।
खिचिएका आकर्षक तस्बिर र भिडियो उनले आफ्ना सामाजिक सञ्जालमा अपडेट गर्छिन् । अहिले उनलाई कुनै मिडियामा भर पर्नु परेको छैन । आफ्नै अकाउण्टबाट आफ्नो मोडलिङ संसारभरलाई देखाइरहेकी छिन् ।
उनका भिडियो र तस्बिरहरु सामाजिक सञ्जाल प्रयोगकर्ताले खुबै मन पराएको देखिन्छ । कयौँ लाईक र कमेण्टहरु आइरहेका छन् । तपाईपनि केही तस्बिर हेरेर रमाइलो गर्नुहोस् ।