Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

घरमै चट्याङ लागेर किसानको मृ’त्यु

Posted on September 21, 2022

स्याङ्जामा सोमबार चट्याङ लागेर एक युवकको ज्यान गएको छ । मृ’त्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नं. १ पञ्चमूल राजाश्वाँराका ३३ वर्षीय किसान दर्जी रहेका छन् ।सोमबार राति ८ः३० बजे भीषण वर्षा भइरहेको र घरमै बसिरहेका बेला चट्याङ पर्दा किसान गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । पञ्चमूल-पोखरा सम्पर्क समाजका नारायण ढकालका अनुसार उनको मंगलबार पोखरामै अ’न्त्येष्टि गरिएको छ । किसानका बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

त्यस्तै उता सोलुखुम्बु, लिखुपिके गाउँपालिका-१ बस्ने ५० वर्षीया फुलमाया खत्री आफ्नै घरमा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका-३ आँखोप सल्लेरी बस्ने २५ वर्षीय बिक्रम ताम्लिङ सोही ठाउँस्थित साम्सिम खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

माछा मार्न भन्दै सोमबार दिउँसो उक्त खोलामा गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको श’व फेला परेको हो ।अछाम, कमलबजार नगरपालिका-६ हात्तिबाझ बस्ने ४९ वर्षीय दिप्त शाही घर नजिकै बुदेखोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँस घारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।दार्चुला, महाकाली नगरपालिका-५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-२५ स्थित खेतमा सोही महानगरपालिका-२६ दिब्यनगर बस्ने ४३ वर्षीय दिपक चन सोमबार मृत अवस्थामा फेला परेका छन् ।झापा, अर्जुनधारा नगरपालिका-३ खुदुनाबारी डेरा गरी बस्ने दमक नगरपालिका-८ घर भएकी २९ वर्षीया टिका कुमारी बुढाथोकी तिमल्सिना सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

Post Views: 58

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme