काठमाडौँ । चर्चित बैंकर रवीना देशराज श्रेष्ठले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन् । सेलिब्रेटी बैंकरका रूपमा चर्चा कमाएकी रवीनाले आफ्ना प्रेमी र आफ्नो एकसाथ खिचाएको तस्विर पोस्ट गर्दै लेखेकी छिन् कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु ।
करिब ३ दशक लामो बैँकिगं करियरपछि आँफु यति धेरै खुशी हुने मौका पाएको उल्लेख गर्दै उनले लेखेकी छिन् ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खा र ब्रह्माण्डको आशीर्वादले मैले दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु । यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’
उनले आफूले यतिका वर्षसम्म प्रार्थना गरेको व्यक्ति उही नै हो भन्दै इन्स्टामार्फत् आफ्नो प्रेमी खुलाएकी हुन् । रविना नायकद्धय आयुष्मान र आशिरमानिकी आमा हुन् । रविनाकी बुहारी हुन् नायिका प्रियंका कार्की ।