Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु : सावित्री सुवेदी

Posted on January 1, 2023

काठमाडौं । समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी फेरि चर्चामा आएकी छिन ।यो भन्दा पहिले पनि विभिन्न बयानका कारण चर्चामा आएकी उनी अहिले पनि त्यसरी नै भाइरल भएकी छिन् ।

उनले एक युट्यव च्यानललाई दिएको अन्तरवार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् ।

आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँग यौ नसम्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी हुन् ।उनले पुरुषलाई भाडामा लिएर आमा बन्न लागेको विषय अहिले चर्चामा आएको छ ।

विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिंगल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन् ।यसमा कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएर यौनसम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन ।

अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घटनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् ।

फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’
–नारायण ढुङ्गाना/पोखरा, ४ असोज (रासस)ः विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु ।

फेवामा तैरिरहेका डुङ्गा छालसँगै चलमलाइरहेका थिए । केही डुङ्गा पर्यटक बोकेर घरी तालबाराही मन्दिर त घरी फेवा किनार आवतजावतमा व्यस्त थिए । त्यही बीचमा देश–विदेशका एक सय १८ चित्रकारको हुल पनि मिसिएपछि सोमबारको जमघट बाक्लिएको थियो । पोखरामा पर्यटकहरू आउने क्रम सुरु हुनै लागेकाले अझै सोचेअनुसार पर्यटक आइपुगिसकेका छैनन् ।

कलाकारको जमघटले त्यहाँको माहोल बाक्लिएको पाइन्थ्यो । फेवातालबाट देखिन दृश्यले कलाकारलाई चुप लागेर बस्न दिएन । आएका कलाकार दुरान्तर कायम गर्दै मस्तिष्कमा खिचिएका दृश्यलाई टाइपोट र इजलका साथ जलरङमा कुची चोपेर क्यान्भास रङ्ग्याउन थालिहाले । कोही डुङ्गामा पुगे, कोही बाराही मन्दिर गए, कोही फेवा किनारमै बसे त कोही ‘वाकिङ प्लेस’का प्रतिक्षालयबाट नियाल्दै चित्र कोर्न लागे ।

विभिन्न कोण समाएर कलाकारले फेवालाई टम्म घेरे । आ–आफ्नो कोणबाट दृश्य सिर्जना गरे । उनीहरूको तीन दिनदेखिको थकान फेवाले बिर्साइदियो । आगन्तुक आन्तरिक र बाह्य पर्यटक आफ्ना आँखाले नियालिरहेका दृश्यहरू क्यान्भासमा देख्न पाउँदा ट्वाल्ल परेका थिए । उनीहरूले कलाकारसँग तस्वीर र सेल्फी लिन पनि भ्याए ।

यो अवसर जुटाइदिएको थियो नेपालको अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)ले । पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारका साथमा भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकार सहभागी थिए यहाँ । भारतका कलाकार विजय विस्वाल फेवाको सुन्दरताले मन छोएको र कलाकारका लागि यो अनुपम उपहार भएको बताउनुभयो ।

फेवालाई नेपालको दोस्रो सबैभन्दा ठूलो र गहिरो ताल मानिने स्थानीयवासीले सुनाए । यो तालमा माछापुच्छ«े र अन्नपूर्ण हिमालको मनोरम दृश्य तैरिन्छ । किनारबाट पनि आसपासका प्राकृतिक सुन्दरता नियाल्न सकिन्छ ।

तालको बीचमा पर्ने तालबाराही मन्दिर अर्काे विशेषता हो । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यही शिलामा मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजा गर्न थालिएको भनाइ छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको र तालको बीचमा रहेकाले नाम तालबाराही हुन गएको हो ।

प्रमुख शक्तिपीठमध्ये एक मानिने यहाँ दाम्पत्य जीवन सुखमय हुने विश्वासमा धेरै मानिस दर्शन गर्न आइपुग्छन् । सोमबार धेरै कलाकारले त्यही तालबाराहीमै बसेर वरपरका सौन्दर्य र मन्दिरका दृश्य समेटे । फेवाको किनारमा बसेर ताललाई क्यान्भासमा सजाएका भक्तपुरका कलाकार अञ्जन अधिकारीले यहाँ बसेर इजेलका साथ हातमा क्यान्भास र रङ लिएर जब कुची चोप्न थालिन्छ, त्यसपछि शरीरमा आफैँ नौलो ऊर्जा भरिने सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँबाट हेर्दा माछापुच्छ«ेको जुन प्रतिविम्ब फेवातालमा झल्किन्छ, त्यो हृदयस्पर्शी छ, जव ती पानीका छालहरु विस्तारै तरङ्गीत हुन्छ नी, एउटा कलाकारमा भित्रैदेखि स्वच्छ रक्त सञ्चार हुन्छ, अनि उर्जा आइदिन्छ, काम गर्नका लागि शक्ति बढ्छ र उत्साह थपिन्छ ।”

कुनै पनि कलाकार फेवामा पुग्दा त्यहाँको गहिराइमा डुवेर प्राकतिक सुन्दरतालाई चित्रण गर्न आतुर हुन्छन् । पोखरालाई पहिलोचोटी स्पर्श गर्नुभएका इलामका कलाकार किरणकुमार शिगुलाई पनि त्यही अनुभूति भयो । “नौलो अनुभूतिको आनन्द प्राप्त हुने रहेछ”, शिगुले थप्नुभयो, “कला प्रकृतिबाटै सिकिन्छ, प्रकृतिकै नक्कल गरेर चित्र सिर्जना हुने हुँदा फेवा किनारबाट नियाल्दा भित्रैदेखि सन्तुष्टि प्राप्त भयो ।”

कलाकारहरुको बुझाइमा एउटा चित्रकारले जे कुरा खोजिरहेको हुन्छ ती चिजहरु एकै स्थानबाट प्राप्त गर्न सकिने स्थान हो फेवाताल । उक्त अबसर धेरै ठाउँमा पाइदैन । विविधतायुक्त प्रकृतिलाई खेलाउन फेवा किनार उत्कृष्ट गन्तव्य भएको उहाँहरुको भनाइ थियो । यहाँ बसेर रङ खेलाउन औधी मजा हुने कलाकारहरुले बताए ।

यसपालीको आर्ट क्याम्पमा उत्कृष्ट १० मा पर्नुभएका चितवनका कलाकार बरुणबाबु घिमिरेले फेवाबाट दुरान्तर असाध्यै राम्रो हुने बताउनुभयो । “एक त सुन्दर ताल त्यसमाथि उभिएको माछापुच्छ«ेसहितका प्राकृतिक छटाले आर्ट गरेरै थाकिन्न जता फर्कियो त्यतै पेन्टिङ गरौँ गरौँ झैँ लाग्छ”, उहाँले भन्नुभयो । घिमिरेका अनुसार पोखरा नेपालीपन र नेपाली परिवेश बोकेको ठाउँ हो ।

भक्तपुरका कलाकार सुस्मा श्रेष्ठ र उहाँकी छोरी श्रेया हाडा पनि आर्ट क्याम्पमा सहभागी हुनुहुन्थ्यो । दुवै जनाले फेवाको दृष्यलाई सोमबार जलरङले सजाउनुभयो । सुस्मालाई त्यो नजिकका हरियालीभित्रको मसिना कण बनाउन खुब ऊर्जा मिल्यो ।

प्रकाशको किरणसँगै छिनछिनमा बदलिने प्रकृतिका रङसँगै कलाकारले रङ खेलाउन सक्नुपर्छ । त्यसमाथि जलरङ खेलाउन त्यति सजिलो हुन्न । यहाँको हरियाली वातावरण, तरेली परिरहने एकनासको छाल, सिरिर..र बहिरहने हावा र हिमालको स्पर्शले मुग्ध पारिदिन्छ ।

साँच्चैभन्दा फेवा किनारले मानिसको तनाव कम गरेर खुसी दिलाइदिन्छ । त्यही विषयलाई क्यान्भासमा उतार्दा आउने आनन्द छुट्टै हुने कलाकर श्रेष्ठले सुनाउनुभयो । नजिकै देखिने सराङकोटलाई क्यान्भासमा उतार्नुभएकी हाडाले भन्नुभयो, “फेवाको किनारबाट ‘प्योर’ प्रकृतिभन्दा अरु केही देखिएन ।” अर्का कलाकार बाबु साहिलाका अनूभूति पनि त्यस्तै थियो । उहाँले सोमबार त्यही प्राकृतिक खुराकलाई आर्ट पेपरमा सङ्गालेको बतउनुभयो ।

यहाँको प्राकृतिक सौन्दर्यको अथाह प्रेमले गर्दा नै सिर्जनाका लागि विभिन्न जिल्लाका कलाकारलाई पटकपटक यहाँ तानेर ल्याउने गरेको स्थानीय कलाकार मनोज तामाङले बताउनुभयो ।

Post Views: 160

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme