Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेस्सी र नेयमार दुवै नहुँदा सबै जिम्मेवारी एम्बाप्पेको काँधमा !

Posted on January 1, 2023

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत नयाँ वर्षको दिन आइतबार पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरसी लेन्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात २:३० बजे सुरु हुनेछ ।

स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमार अनुपस्थित हुने पक्का भएको खेलमा किलीयन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् । मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि क्लब फर्केका छैनन् । उनी यसै साता फ्रान्स फर्कने क्लबले जनाएको छ ।

यता नेयमार भने प्रतिबन्धका कारण आजको खेलमा उपस्थित हुने छैनन् । ब्राजिलियन फरवार्डले स्ट्रासबर्गविरुद्ध पछिल्लो खेलमा रातो कार्ड पाएपछि आजको खेल गुमाउने भएका हुन् । उनले उक्त खेलमा विपक्षीको पेनाल्टी क्षेत्रभित्र डाइभ हानेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाउँदै बाहिर पठाएका थिए ।

पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले मेस्सी र नेयमारको कमी महसुस भएपनि विकल्पका लागि प्रशिक्षण टोली तयार रहेको बताए । ‘नेयमार र मेस्सीको कमी अवश्य पनि महसुस हुन्छ । हामीलाई थाहा छ उनीहरु महत्त्वपूर्ण खेलाडी हुन् । प्रशिक्षण टोलीले अध्ययन गरेर उचित विकल्प खोजेका छौं । हामीले यो टोलीबाट के अपेक्षा गर्ने भन्नेपनि प्रष्ट छौं,’ गाल्तिएरले भने ।

लेन्स हाल लिगको दोस्रो स्थानमा रहेको छ । टोलीले १६ खेलमा ३७ अंक जोडेको छ । पिएसजी १६ खेलमा ४४ अंकसहित शीर्षस्थानमा छ । आजको खेलमा जित हासिल गरे पिएसजी १० अंकले अघि बढ्नेछ ।

Post Views: 46

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme