Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेस्सीको रेकर्ड माथि हालाण्डको हमला !

Posted on January 1, 2023

काठमाडौं– घरेलु लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने रेकर्ड अर्जेन्टिनाका लियोनेल मेस्सीको नाममा रहेको छ। स्पेनिस क्लब बार्सिलोनामा रहँदा मेस्सीले सन् २०१२ मा एकै सिजन ५० गोल गरेका थिए।

मेस्सीको गोल रेकर्डको सिजन लामो यात्रा केलाउने हो भने मध्य सिजनमा अहिले म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हाल्यान्ड अघि देखिएका छन्। शनिबार राति म्यानचेस्टर सिटीले एभर्टनलाई बराबरीमा रोक्दाको समयमा हाल्यान्डले सुरुआति गोल गरेका थिए।

उनले खेलको २४ औं मिनेटमा रियाद महरेजले दिएको पासमा गोल गरेका थिए। यसरी सन् २०२१ को मेयता ब्याक टु ब्याक जित निकाल्न नसके पनि सिटीका लागि हाल्यान्डले २१ गोल गरिसकेका छन्।

गएराति सिटीले विपक्षीको पोस्टतर्फ १६ पटक प्रहार गरेको थियो। तर एकमात्र प्रयास सफल भयो। यता एभर्टनका डेमाराई ग्रेले ६४ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरी भएको थियो। सोही खेलमा एक गोल गरेका हाल्यान्डले अहिले १६ लिग खेलमा २१ गोल गरेका हुन्।

तर अहिले कसैले पनि हाल्यान्डले एकै सिजन ९१ गोल गर्न सक्लान् भनेर अनुमान गरिहालेका चाहिँ छैनन्। जुन सन् २०१२ मा मेस्सीले गरेका थिए। यसलाई विस्थापन गर्न असम्भवजस्तै छ।

तर मेस्सीले १६ खेलमा जति गोल गरेका थिए, त्योभन्दा अघि छन् हाल्यान्ड। त्यसैले उनी अहिले आफूलाई संसारकै उत्कृष्ट गोल स्कोरर भएको देखाउन चाहिरहेका छन्। २०११–१२ को सिजनको पहिलेका १६ खेलमा मेस्सीले १७ गोल गरेका थिए। यता एक खेल नखेलेका हाल्यान्डले यसअघि नै २१ गोल पूरा गरिसकेका छन्।

यदि हाल्यान्डले त्यहि लय कायम राख्ने हो भने उनले ३८ खेल भइसक्दा मेस्सीको रेकर्ड भेट्टाउने छन् र तोड्न सक्नेछन्। यता सिजनभरका सबै प्रतियोगितामा ९१ गोल पूरा गुर्न झनै ठूलो कुरा हो। तर सिटीको टिमसँग हाल्यान्डले पूरा नगर्लान् भन्न चाहिँ सकिँदैन।

अहिलेसम्मका प्रिमियर लिगको अवस्था हेर्ने हो भने उनले २१ गोल मात्र गरे पनि प्रिमियर लिगमा गोल्डेन बुट जित्नका लागि पर्याप्त नम्बर भने हो। किनभने प्रिमियर लिगका पाँच सिजनमा २१ गोल गरेका खेलाडीले नै गोल्डन बुट जितिसकेको उदाहरण छ।

उनले गोल स्कोरिङको ठाउँबाट जस्तो जादू पनि गर्न सक्छन् भनेर देखाइसकेका छन्। सन् २०१९ मा त उनले एकै खेलमा नौ गोल गरेका उदाहरण पुरानो भइसकेका छैनन्। त्यो होन्डुसरविरुद्ध थियो। उनको यू–२० नर्वे टिमले कोन्फाकाफ टोली होन्डुरसलाई पोल्यान्डमा भएको १२–० ले हराएको थियो।

उनी जहाँ खेल्छन्, कहिल्यै नरोकिने गोल मेसिनका रुपमा खेलिरहेका हुन्छन्। अहिले उनी सिटीमा त्यसरी नै खेलिरहेछन्।

Post Views: 93

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme