काठमाडौं। नेपालका एक युवालाई दुबईमा ३४ करोड ५० लाख रुपैयाँको चिठ्ठा परेको छ।
कार धुने काम गर्ने नेपालका ३१ वर्षे भरतलाई दुबईमा ३४ करोड ५० लाख रुपैयाँको चिठ्ठा परेको गल्फन्युज डटकमले जनाएको छ।
९४ औं मजुज विक्ली र्याफल ड्रमा चिठ्ठा भरेका उनको रातारात भाग्य खुलेको हो। उक्त चिठ्ठाको विजेताले एक करोड दिराम प्राप्त गर्ने प्रावधान छ।
त्यो नेपाली रुपैयाँमा ३४ करोड ५० लाख रुपैयाँ हुन आउँछ। उनलाई इविंग्स कम्पनीका सीईओ फरिद साम्जीले रकमको चेक हस्तान्तरण गरेका छन्।
इविंग्सले मजुज चिठ्ठा खेलाउने गर्दछ। हप्तैपिच्छे आयोजना हुने चिठ्ठाले कयौंको जीवन परिवर्तन गर्ने गरेको फरिद बताउँछन्।