नेपाल टी २० लिग खेल्न नेपाल आएका जिम्बावेका अलराउन्डर सिकन्दर राजा लिग नसकिँदै फर्किएका छन्। विराटनगर सुपरकिंग्समा आबद्ध राजाले लिगको सुरुवातको दुई खेल खेलेका थिए। उनले लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सविरुद्ध खेलेका थिए।
लुम्बिनीविरुद्ध १७ रन जोडेका उनले एक विकेट लिएका थिए। यस्तै जनकपुरविरुद्ध उनले ३८ रन जोड्दा विकेट लिन सकेका थिएनन्। पछिल्ला खेलमा भने उनी टिमको पहिलो रोजाइमा परेनन्। जनावरी ५ सम्मका लागि नेपाल आएका भनिएका उनले दुई दिनअघि नेपाल छाडे।
उनी पारिश्रमिक नलिइ पाकिस्तानतर्फ गएको एक क्रिकेटरको बताए। ती क्रिकेटरका अनुसार राजाले पारिश्रमिकका लागि ताकेता गरेका थिए। तर पनि उनी पारिश्रमिक नपाएपछि फर्किए। लिगमा आबद्ध अरु खेलाडीले पनि पारिश्रमिक पाउनेमा उनले शंका गरेका छन्।
नेपाल टी(२० लिगका लागि नेपालका पहिलो श्रेणीका खेलाडीको पारिश्रमिक १५ लाख रुपैयाँ छ। टिमहरूले कतिपय विदेशी खेलाडीलाई नेपालका ए श्रेणीका खेलाडीको भन्दा बढी पारिश्रमिक दिएका छन्। राजाको पारिश्रमिक सार्वजनिक नगरिए पनि उनको पारिश्रमिक १५ लाख रुपैयाँभन्दा बढी भएको ती क्रिकेटरको भनाइ छ। राजा नेपाल टी(२० मा आबद्ध भएकामध्येका नाम चलेका खेलाडी थिए। यसको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
केही दिनअघि मात्र उनी आइसिसी मेन्स ओडिआइ क्रिकेटर अफ दि इयर २०२२ को मनोनयनमा परेका थिए। यस्तै इएसपिएन मेन्स ओडिआइ टिम अफ दि इयर २०२२ मा पनि राजा परेका थिए। क्यानका एक केन्द्रीय सदस्यका अनुसार अहिलेसम्म पोखरा एभेन्जर्सले मात्र खेलाडीका लागि १५ प्रतिशत पारिश्रमिक दिएको छ। खेलाडीको खातामा आइतबार साँझ १५ प्रतिशत रकम आएको छ।
विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा प्रवेश
लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आइतबार विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो । यससँगै लुम्बिनीले इतिहास रचेको छ। पहिलो सिजनको नेपाल टी–२० लिगको प्लेअफमा पुग्ने पहिलो टिम बन्दै उसले इतिहास रचेको हो।
टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९।३ ओभरमा अलआउट भएर १ सय १० रन बनायो । विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । गौरान्शु शर्माले १२ तथा पृथु बास्कोटाले ११ रन बनाए ।
लुम्बिनीका लागि श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान २र२ तथा किशोर महतो,कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले समान १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।
लुम्बिनीका लागि कपतान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतकीय ईनिङ खेले । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३र१३ रनमा आउट भए । विराटनगरका लागि विवेक यादव,सुर्य तामाङ र नन्दन यादवले समान २र२ विकेट लिए । कियोन जोसेफ र राज नाननले समान १र१ विकेट लिए ।
सात खेल खेलेर छ जित हात पारेको लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । ६ खेल खेलेर दुई जित हात पारेको विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेट पनि लुम्बिनीले विराटनगरलाई पराजित गरेको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।