Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

निता र हरीहरको यस्तो मास्टर प्लान बहिरीयो ? अब गरिमालाई लाई पनि सामेल गरिने खुलाशा !

Posted on January 2, 2023

नायिका नीता ढुंगानाले खोलेको नीता फिल्मस्बाट पहिलो फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने भन्दै तयारी गरिएको एक बर्ष बढी भयो । नीताले यो बिचमा हरिहर अधिकारीसँग बिहे पनि गरिसकेकी छिन् ।
तर, यो फिल्मको छायांकन अझै सुरु हुन सकेको छैन । बरु, फिल्ममा कलाकारको लामो लस्कर भने लगाइएको छ ।

कलाकारको सूची हेर्दा नीता र हरिहरले यसपटक कस्तो फिल्म बनाउन लागेका हुन् भन्ने चासो त हुनु स्वभाविक नै हो । तर, कलाकारको मात्र ठूलो भेला गराउने तर छायांकन सुरु नगर्ने शैली हेर्दा यो फिल्म तयार त हुन्छ भन्ने शंका पनि उत्पन्न भएको छ । तर, निर्देशक चन्द्र पन्त भने चाडै नै फिल्मको छायांकन भारतबाट सुरु गर्ने बताउँछन् ।

फिल्ममा नीता र हरिहर मुख्य भूमिकामा हुनेछन् । साथमा, दक्षिण भारतीय कलाकारको पनि लामै सूची फिल्ममा छ ।

फिल्ममा केही दिन अगाडि नायिका विपना थापालाई अनुबन्धित गरिएको थियो । फिल्ममा रविन्द्र झा पनि थपिए । सलोन बस्नेत, सरोज खनाल लगायतका कलाकार पहिले नै जोडिएका हुन् । अब, निर्माण टिमले फिल्ममा मोडल गरिमा शर्मालाई पनि अनुबन्धित गरेको छ ।

फिल्मको छायांकन भारतको हैदराबादमा अवस्थित रामोजी स्टूडियोमा गर्ने तयारी छ । कलाकारको ठूलो भीड, रामोजीमा सुटिङ गर्ने तयारी गर्दै गर्दा निर्माताको काँधमा ठूलो बजेटको भारी बोक्नुपर्ने त निश्चित नै छ ।

नीताले यसअघि पनि ‘माया’ नामको फिल्म बनाउने तयारी गरेर अन्तिम अवस्थामा रद्द गरेकी थिइन् । कलाकार मात्र जम्मा गर्ने तर काम सुरु नगर्ने नीता र हरिहरको शैलीले कतै यो फिल्म पनि हल्लामै सिमित हुने त होइन भन्ने आशंका व्यक्त हुनु स्वभाविक नै हो ।

Post Views: 77

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme