Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेस्सी र नेयमार नहुँदा पिएसजी ध्वस्त, एम्बाप्पे हेरेको हेर्यै !

Posted on January 2, 2023

एजेन्सी – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ । फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको पहिलो हार हो ।

प्रेम्स्ला फ्रान्कोस्कीले पाँचौ मिनेटमा गोल गर्दै लेन्सलाई अग्रता दिलाए । पिएसजीका ह्युगो एकिटिकेले तीन मिनेटपछि नै बराबरी गोल फर्काए । २८ अ‍ौं मिनेटमा लुइस अ‍ोपेन्डाले सेको फोफानाको पासमा गोल गर्दै पुन अग्रता दिलाए ।

दोस्रो हाफको तेस्रो मिनेटमै लेन्सले अग्रता बढायो । एलेक्सिस क्लाउड मरिसले गोल गर्दै ३-१ ले अघि राखे । पिएसजीले त्यसपछि आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन । लिगको १७ अ‍ौं खेलमा पराजय भोगेपनि पिएसजी ४ अंकले अघि छ ।

स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमार अनुपस्थित भएको खेलमा किलीयन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हालेका थिए । तर उनले गोल गर्न भने सकेनन् । मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि क्लब फर्केका छैनन् । उनी यसै साता फ्रान्स फर्कने क्लबले जनाएको छ ।

यता नेयमार भने प्रतिबन्धका कारण आजको खेलमा उपस्थित थिएनन् । ब्राजिलियन फरवार्डले स्ट्रासबर्गविरुद्ध पछिल्लो खेलमा रातो कार्ड पाएपछि खेल गुमाए । उनले उक्त खेलमा विपक्षीको पेनाल्टी क्षेत्रभित्र डाइभ हानेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाउँदै बाहिर पठाएका थिए ।पिएसजीको १७ खेलमा ४४ अंक छ । लेन्स १७ खेलमा ४० अंक जोड्दै पछ्याइरहेको छ ।

Post Views: 111

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme