काठमाडौं : सामान्यतया महिलाको अनुहार र हातखुट्टामा पनि कम मात्रामा रौं पलाउने गर्छ । केटाहरूको दारी आउँछ केटीहरूको आउँदैन । तर कतिपय केटीहरूको पनि जुँगाको रेखी बस्ने गालामा रौं पलाउने जस्ता समस्याले उनीहरूलाई सताइरहेको हुन्छ । यसलाई कसरी रोक्ने ? तल उल्लेख गरिएको छ ।
हर्सुटिज्म के हो ?
हर्सुटिज्म महिलाहरूमा हुने एक यस्तो स्थिति हो, जसमा अनुहार छाती र पीठमा पुरुषहरुको जस्तै अत्यधिक मात्रामा रौंहरू पलाउने गर्छ । एन्ड्रोजन नामक पुरुष हर्माेन अत्यधिक बढेपछि यस्तो समस्या सिर्जना हुन्छ ।
यसमा विशेष रूपले टेस्टोस्टेरोन हार्माेनले अहम् भूमिका खेल्ने गर्छ । यस्तो समस्या पुरुषमा समेत धेरै देखिन्छ । हर्सुटिज्मबाट छुटकारा पाउनको लागि प्रभावकारी उपचारको केही विकल्प पनि हुन्छ ।
हर्सुटिज्मको लक्षण :
हर्सुटिज्ममा महिलाहरूको शरीरको केही यस्तो हिस्सामा बाक्लो किसिमले रौं पलाएको हुन्छ, जहाँ आम रुपले कपाल पलाउने गर्दैन । अनुहार छाती, पेटको तल्लो भागमा यस्तो रौं आउने गर्छ ।
एन्ड्रोजन नामक हर्माेनको स्तर बढ्ने र बिस्तारै अन्य लक्षण समेत विकसित हुँदा धेरैलाई झण्झट उत्पन्न भइरहेको हुन सक्छ । यस प्रक्रियालाई विरिलाइजेसन भन्ने गरिन्छ । विरिलाइजेसनको निम्न लक्षण हुन सक्छ ।
–आवाजमा भारीपन आउनु
–तालु खुइलिनु
–स्तनको आकार कम हुनु
–मांसपेशीमा वृद्धि हुनु
–क्लाइटोरिस बढ्नु
हर्सुटिज्मको कारण
हर्सुटिज्मको कैयौं कारणहरू हुने गर्छन् । जुन निम्नानुसार छन् ।
पोलिसिस्टिक ओवरी सिन्ड्म (पीसीओएस)
यो स्थिति प्रायः यौवन अवस्थामा सुरु हुने गर्छ । यसमा महिलाहरूमा सेक्स हर्मोनको सन्तुलन बिग्रन जान्छ । केही वर्षमा पीसीओएसको कारणले शरीरमा बिस्तारैबिस्तारै धेरै कपाल उम्रिन थाल्छ । अनियमित मासिक धर्म, मोटोपना, बाँझोपन र कहिलेकाहीँ अण्डाशयमा अल्सर हुने समस्या समेत हुन सक्छ ।
कुसिङ सिन्ड्रम :
यो कारण त्यतिबेला हुन्छ, जतिबेला कुनै पनि व्यक्तिको शरीरमा कोर्टिसोलको स्तर धेरै हुने गर्छ । यो प्रेडनिसोन जस्तो औषधिको लामो समयसम्म सेवन गर्ने या एड्रेनल ग्रन्थीद्वारा अत्यधिक कोर्टिसोल बन्ने कारण हुन सक्छ ।
कन्जेनाइटल एड्रेनल हाइपरव्लासिया :
यो एक आनुवांशिक स्थिति हो । जसमा एड्रेनल ग्रन्थीहरूद्वारा कोर्टिसोल र एन्ड्रोजन सहित स्टेराइड हर्माेनको असामान्य रूपले उत्पादन हुन सक्छ ।
ट्युमर अण्डाशय या एड्रेन ग्रन्थीहरूमा ट्युमर समेत कैयौं पटक हर्सुटिज्मको कारण बन्न सक्छ ।
हर्सुटिज्मबाट कसरी बच्ने ?
आमृपमा हर्सुटिज्मलाई रोक्न सकिँदैन । तर यदि तपाईं धेरै तौलको हुनुहुन्छ भने वजन कम गर्नको लागि हर्सुटिज्मलाई नियन्त्रण गर्नमा मद्दत मिल्ने गर्छ । यो पोलिसिस्टिक ओभरी सिन्ड्रोमको स्थितिमा समेत धेरै जरुरी हुन्छ ।
हर्सुटिज्मको औषधि :
आवश्यकभन्दा धेरै कपालबाट छुटकारा पाउनको लागि यस्तो तरिका पनि अपनाउन सकिन्छ ।
कपाल खौरनु :
रेजर या अन्य मेसिनको प्रयोग गरेर अनावश्यक रौंलाई सजिलै हटाउन सकिन्छ । धेरै कपाल हटाउनको लागि दैनिक खौरनु आवश्यक पर्छ । यदि रौं खुर्कँदा छालामा जलनको महसुस हुन्छ भने क्रिम लगाउन सक्नुहुन्छ ।
थ्रेडिङ :
कपाललाई जरैदेखि उखेल्नको लागि अलगअलग तरिका अपनाउन सकिन्छ । यदि तपाईं चिम्टाको उपयोग गरेर या प्रक्रियागत हिसाबले थ्रेडिङ गरेर पनि अनावश्यक कपाल निकाल्न सक्नुहुन्छ । तर यी तरिकाले छालामा धेरै दुखाइ हुन्छ ।
वाक्सिङ :
अनावश्यक रौंलाई हटाउनको लागि वाक्सिङ विधि पनि उपयोगी हुन्छ । यस प्रक्रियाले लामो समयसम्म कपाल नआउने र अतिकम मात्रामा कपालको विकास हुने गर्छ ।
क्रिमको प्रयोग :
कतिपयले क्रिमको प्रयोग गरेर पनि शरीरको विभिन्न भागमा आएको रौंलाई नियन्त्रण गर्ने गरिन्छ । यसलाई डेपिलाडोरिज भन्ने गरिन्छ । यो क्रिम संवेदनशील छालाको लागि नोक्सानदायक हुने गर्छ । यसको लागि धेरै मात्रामा क्रिमको उपयोग गर्नुपूर्व आफ्नो छालामा त्यो कति उपयोगी छ ? भन्ने बारेमा जानकारी लिनु आवश्यक छ ।