Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यति सानी मान्छेको यति ठुलो अपराध ! डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया…..

Posted on September 21, 2022

काठमाडौं: २०७८ वैशाख २ गते राति बाँकेको कोहलपुर नगरपालिका ११ बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना हुन्छ। टोपबहादुर राना क्षेत्रीले चलाएको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिँदा सर्जनको मृत्यु हुन्छ।

वैशाख २७ गते जिल्ला अदालत बाँकेमा दर्ता मुद्दामा माघ २५ गते अदालतले फैसला सुनाउँछ। चालक रानालाई ३० दिन कैद र २ हजार जरिवाना ठहर हुन्छ। सर्जनले चलाएको भे १० प १७२७ नम्बरको मोटरसाइकलका सवारी धनी सरदार अहमद खाँले भने सफाइ पाउँछन्।

सर्जनले केही महिनाअघि मात्र बीमा गराएका हुन्छन्। सावधिक जीवन बीमा र म्यादी जीवन बापत २ करोड ५० लाख रुपैयाँ उनकी श्रीमतीले पाउँछिन्। २०७८ साउन १४ गते सर्जनकी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट रकम बुझेर आफ्नो कामना विकास बैंकमा रकम जम्मा गर्छिन्।

तर घटनाको कथा यत्तिमै सकिँदैन। करिब एक वर्षपछि झनै यो घटना बाहिर आउँछ। सवारी ज्यान मुद्दामा टुङ्गिएको घटनाले एकाएक टुइस्ट लिन्छ। सर्जनकी श्रीमती सपनासहित अन्य ६ जना प्रहरी हिरासतमा पुग्छन्। त्यसपछि घटनाको नयाँ रहस्य फेला पर्छ।

पैसाका लागि हत्या, नक्कली श्रीमती खडा!

शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी प्रकरणमा ६ जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिकाकी २१ वर्षीय सपना, स्याङ्जा वालिङका ३१ वर्षीय सञ्जीव अर्याल, बाँके कोहलपुरका ३२ वर्षीय सरदार खाँ, बाँके बैजनाथ गाउँपालिका ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, बाँके कोहलपुरका ३८ वर्षीय दीपक केसी र बाँके कोहलपुरकी २१ वर्षीय ललिता सापकोटा छन्।

सपनालाई प्रहरीले साउन ९ गते दिल्ली हुँदै जापान जान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। घटनाको मुख्य योजनाकार भने सञ्जीव अर्याल भएको खुलेको छ।

अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका छ जनामध्ये तीन जना पात्र माथिको सवारी दुर्घटना जोडिएका पात्र हुन्। सपना सर्जनकी श्रीमती, टोपबहादुर दुर्घटना गर्ने सवारी चालक र सरदार अहमद सर्जनले चलाएको मोटरसाइकलका धनी।

घटना पनि प्रहरीले त्यही सवारी दुर्घटनासँग जोडेर नै अघि बढाएको छ। ‘बीमाको रकमको लागि श्रीमती, अनि दुर्घटना र रकम लिने खेलमा घटना भएको देखियो,’ केन्द्रीय अनुसन्धान ब्युरोका एआइजी उत्तमराज सुवेदीले भने।

यस्तो छ घटनाक्रम

आरती भन्ने ललिताले सपना र सञ्जीवलाई भेट गराउँछिन्। सपना विदेश जाने भन्दै भौतारिएकी हुन्छिन्। सञ्जीवले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान सपनालाई सुझाव दिन्छन्। अनि बाँकी प्रक्रिया पनि सुरु हुन्छ।

२०७७ मङ्सिर २७ गते सपना विदेश जानको लागि आवश्यक सीप सिक्ने भन्दै काठमाडौं आउँछिन्। अष्ट्रेलिया जना डिपेन्डेन्टमा विवाह गर्नुपर्ने हुन्छ। जसका लागि २१ वर्षीय सर्जनलाई तयारी पारिन्छ। उनीहरूको विवाह हुन्छ।

तर विवाह भएको एक महिनामै सर्जनको दुर्घटनामा मृत्यु हुन्छ। जुन उनीहरूले योजनाबद्ध रुपमा बनाएको प्रहरीको अनुसन्धान खुल्छ। कागजी रुपमा विवाह भएका श्रीमानको मृत्यु संस्कारमा समेत सपना पुग्दिनन्। जसले प्रहरीको अनुसन्धानमा थप बल पुर्‍याएको देखिन्छ।

मृत्युपछि बीमामार्फत आएको २ करोड ५० लाख रुपैयाँ सपनाको खाताबाट बाँडेर लिएको खुल्छ। जसमा सञ्जीवले ८० लाख, दीपकले ६० लाख, छविकुमारी (सपनाकी आमा) ले १७ लाख ४६ हजार, सपनाले ८६ लाख र अन्य रकम विभिन्न रुपमा खर्च भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। सपनाको आमाको खातामात्र प्रयोग भएकाले प्रहरीले उनलाई भने नियन्त्रणमा लिएको छैन।

शंकाले खुलेको फाइल

सडक दुर्घटनामा ज्यान गइसकेपछि टुङ्गिएको घटना शंकाले थप अनुसन्धान गर्न प्रेरित गरेको देखिन्छ। बीमाको रकम बाहिरिएपछि पुर्नबीमा कम्पनीले शङ्का गरेको थियो। रकम दिएको झन्डै पाँच महिनापछि पुनर्बीमा कम्पनीले सिआइबीलाई अनुसन्धान गर्न पत्र लखेको थियो। त्यसपछि सिआइबीले अनुसन्धान गर्दै जाँदा प्रमाण फेला पर्दै गएको थियो।

प्रहरीको लागि अनुसन्धान बल पुग्न विवाहअघि नै गरिएको बीमामा इच्छाएको व्यक्तिको नाममा सपना मल्लको नाम हुनु, बीमा, विवाह र दुर्घटना समयको अन्तर, बीमितको बीमाको कारण र आर्थिक अवस्था लगायतको अनुसन्धान गर्दा थप प्रमाण देखिएपछि प्रहरीले अनुसन्धान झन् ‘न्यारो डाउन’ बनाएर गरेको थियो।

सर्जन र सपनाको विवाह दर्ता चैत २०७७ चैत २ गते भएको थियो। तर फागुन २८ गते जीवन बीमा गर्दा इच्छाएको व्यक्तिको नाममा सपनाको नाम लेखिएको थियो। सर्जनले पहिलो किस्ता २०७७ फागुन २८ गते तिरेका थिए।

त्यसो त सर्जनको आर्थिक अवस्थाले बीमाको प्रिमियम तिर्ने अवस्थासमेत थिएन। वार्षिक ५ लाख ४० हजार बीमाको प्रिमियम तिर्न नसक्ने अवस्था थियो। सर्जनले सावधिक र म्यादी बीमाको ठूलो रकम गर्नुपर्ने अन्य कारणसमेत खुल्दैन।

सर्जन र सपनाको विवाह भए पनि सम्पर्क भने देखिँदैन। श्रीमान् मरेपछि आएको बीमा अरूलाई किन बाँड्नु पर्‍यो? जो व्यक्तिसँग कुनै पारिवारिक सम्बन्ध नै छैन। यिनै कारणले प्रहरीलाई थप अनुसन्धानमा सपोर्ट गरेको देखिन्छ।

त्यतिमात्र होइन सर्जनको बीमाको पहिलो किस्तासमेत सञ्जीवले तिरिदिएको अनुसन्धानमा खुलेको एआइजी सुवेदीले बताए। पक्राउ परेका सरदार अहमद खाँ बीमा अभिकर्ता हुन्।

दुर्घटना हुँदा उनै खाँको मोटरसाइकलमा सर्जन गएका थिए। ‘बीमा रकम हत्याउने उद्देश्य योजनाबद्ध रुपमा नै घटना भएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ,’ एआइजी सुवेदीले भने।

सपनाको बैङ्कमा खाता खोल्ने, खातामा मोबाइल नम्बर र सर्जनको मृत्यु भएको सम्पूर्ण जानकारी सपनालाई सञ्जीवले नै दिएको अनुसन्धानमा खुलेको छ।

Post Views: 52

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme