काठमाडौं । एनसीसी बैंक गाभेर बनेको कुमारी बैंक लिमिटेडमा अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति चयन भएको छ ।
मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक र एनसीसी बैंकले आइतबार (पुस १७ गते)बाट एकीकृत कारोबार सुरु गरिसकेको छ। एकीकृत कारोबार सुरु गरेकै दिन सञ्चालक समितिको बैठक बसेर राणाको अध्यक्षतामा ६ सदस्यीय नयाँ सञ्चालक समितिमा चयन गरिएको हो
नवगठित सञ्चालक समितिका सञ्चालकहरुमा उपेन्द्रकेशरी न्यौपाने, कृष्णप्रसाद ज्ञवाली, चन्द्रप्रसाद बास्तोला, महेशप्रसाद पोखरेल र इमान सिंह लामा रहेका छन्