Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीप लामिछानेलाई देखियो गम्भीर समस्या, जेलभित्रै उपचार गरिदै !

Posted on January 2, 2023

काठमाडौँ – ना’ बालिगमाथप ब’ लात्का’ रको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने डिप्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

‘१५/२० दिनयता उहाँको बोली व्यवहारमा फरकपना महशुस गरेको थिएँ। त्यसैले बरिष्ठ मनोपरामर्शविदलाई लगेर केन्द्रीय कारागार गएँ। परामर्शपछि उहाँले सन्दीपको डिप्रेसन लेभल बढेको बताउनुभयो,’ उनले भने,‘हामीले सोचेभन्दा पनि खराब स्थिति रहेछ। अब नियमित काउन्सिलिङ चाहिन्छ भन्ने उहाँको सल्लाह छ।’

लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको उनले बताए। कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको पनि उनले बताए। त्यसले गर्दा प्रभावकारी काउन्सिलिङ दिन गाह्रो हुने उनको भनाइ छ।‘हामीले नियमित काउन्सिलिङका लागि जे’ लरसँग अनुमति मागेका छौं।

तर त्यहाँ कै’ दी ब’ न्दीहरू सामूहिक बसेकै ठाउँमा गएर काउन्सिलिङग गर्नुपर्ने रहेछ। यस्तोमा त प्रभावकारी काउन्सिलिङ दिन नै गाह्रो हुन्छ। यो सन्दीपको लागि मात्र कुरा भएन अरूको पनि काउन्सिलिङ गर्नुपर्छ। काउन्सिलिङ गर्दा छुट्टै कोठा वा ठाउँको व्यवस्था हुन जरूरी देखिन्छ,’ उनले भने।

सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि ब’ लात्का’ र गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन्। गत मंगलबार काठमाडौं जिल्ला अदालतले पी’ डित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो।

लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि ब’ लात्का’ र गरेको आरोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेरसम्बन्धी विवाद भएपछि जिल्ला अदालतको इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो।

यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिइएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिइएको छ। उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ।

सन्दीपले १७ वर्षीय ना’ बालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक ब’ लात्का’ र गरेको आरोप छ। भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित ना’ बालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।

सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को क’ रणी सम्बन्धी कसूरको दफा २१९ ज’ बर’ जस्ती क’ रणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो।

त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कै’ द सजाय हुने व्यवस्था छ।

Post Views: 105

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme