Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भखरै गृहमन्त्री रविले दिए १८ बुँदे निर्देशन, झस्किए देशभरका सीडीओ !

Posted on January 2, 2023

गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उनले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न तथा शीतलहरलगायत विपद्जन्य घटनाबाट नागरिकको सुरक्षा गर्न निर्देशन दिएका हुन ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह प्रशासनको सेवा प्रवाह चुस्त पार्न, जाडो बढेसँगै शीतलहर तथा अन्य प्राकृतिक विपद्जन्य घटनाबाट नागरिकको जीउ ज्यान जोगाउने गरी काम गर्न निर्देशन प्राप्त भएको जानकारी दिएका छन ।

गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न पनि भन्नुभएको उनले बताएका छन ।

“सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, अवैध चोरी नियन्त्रण तथा विपद् व्यवस्थापनकै विषयमा मन्त्रीज्यूबाट आवश्यक निर्देशन भएको छ”, बैठकमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले थप्नुभयो, “संक्षिप्त निर्देशनमा मन्त्रालयबाट गर्नुपर्ने काम भए लिखित रुपमा ल्याउन पनि भन्नुभएको छ।”

उपाध्ययका अनुसार गृहमन्त्रीले तराईमा शीतलहर र उच्च हिमाली जिल्लामा हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री लामिछानेले बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन एवं विपद् व्यवस्थापनका तयारीमा आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल गर्ने जानकारी पनि गराउनुभएको उहाँको सचिवाले बताएको छ ।

गृहमन्त्रीले नागरिकका गुनासो तथा समस्यालाई सधैँ उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन पनि आग्रह गरेका छन । सुशासनलाई ध्यानमा राखेर भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउन आफू र आफ्नो पार्टी प्रतिवद्ध रहेकाले कुनै पनि व्यक्ति वा संयन्त्रयको दबाब र प्रभावमा नपर्न पनि उहाँले मातहतका अधिकारीलाई निर्देशन दिए ।

नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती, झण्झटिलो र रुखो व्यवहार भोग्नुपर्ने गुनासो आजैदेखि हटाउन पनि गृहमन्त्रीले भनेका छन । यसका साथै मुलुकभर मिटरब्याजीको मारमा परेका नागरिकले अझै न्याय नपाएको गुनासो गरिरहेकाले यसप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन ।

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवाका साथै प्रहरीमार्फत हुने शान्ति सुरक्षालगायत नियमित सेवा प्रवाहलाई समेत चुस्तदुरुस्त बनाउन पनि उनले निर्देशन दिनुभएको प्रजिअ उपाध्ययले जानकारी दिए ।

Post Views: 85

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme