नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ९एमडीएमएस० प्रणाली कार्यान्वनमा रोक लगाए पनि विदेशबाट आउने नेपालीहरुले विमानस्थलस्थित भन्सार कार्यालयमा झमेला व्यहोर्नुपरेको छ ।
जनवरी १ देखि एमडीएमएस प्रणाली लागू गर्ने तयारी भएपनि चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को ठाडो निर्देशनमा तत्काल कार्यान्वयन रोकिएको हो।
तर, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीले आफूहरुलाई केही निर्देशन नआएको भन्दै अमेरिकाबाट आएका एक नेपालीले ल्याएको आइफोन जफत गरेका छन् । टर्कीस एयरबाट सोमबार काठमाडौं आएका झापाका दुधलाल ९डीएल० नेम्वाङले ल्याएको आइफोनको भन्सार लाग्ने भन्दै कर्मचारीले जफत गरिदिएका हुन्।
नेम्वाङले आफूले प्रयोग गरिरहेको बाहेक अमेरिकाबाट एउटा आइफोन ल्याएको बताए । नेम्वाङले अन्नपूर्णसँग भने,‘भन्सार लाग्छ भनेर फोन कर्मचारीले राखेका छन् । प्रधानमन्त्रीज्यूले तत्काल एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन दिएपछि आइफोन लिएर आएको हुँ । झमेलामा पो परेँ ।ु
भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले एमडीएमएस प्रणाली लागू नगर्न सबै भन्सार कार्यालयहरुमा पत्राचार गरिएको बताए। उनले थप बुझ्न विमानस्थल कार्यालय भन्सार कार्यालयमा सम्पर्क गर्न आग्रह गरे। तर, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालमा फोन गर्दा कर्मचारीले कुनै प्रतिक्रिया दिएनन्। त्रिअवि भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलको सम्पर्क नम्बर माग्दा समेत त्यहाँका कर्मचारीले नम्बर दिन मानेनन्। अन्नपूर्णले ०१(७४७०३८२ नम्बरमा फोन गर्दा उठाउने कर्मचारीले पोखरेल सरको फोन नम्बर दिन नमिल्ने बताइन्। दोहोर्याएर तेहर्याएर माग्दा पनि उनले पोखरेलको नम्बर दिन नमिल्ने बताइन्।
उनले भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेलाई फोन गर्न आग्रह गरिन्। तर,प्रवक्ता पाण्डेको फोन स्वीच अफ थियो।भिडियो हेर्न तल क्लिक गर्नुहोला ।