Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आलियाले खुलाइन् गर्भवती भएको कुरा ३ महिनासम्म लुकाउनुको कारण

Posted on January 2, 2023

बलिउड अभिनेत्री आलिया भट्टले रणवीर कपूरसँग २०२२, अप्रिल १४ मा विवाह गरेकी हुन्। उनले नोभेम्बरमा छोरी राहालाई जन्म दिइन्। आलियाले आफू आमा बन्न लागेको खबर ३ महिनापछि सार्वजनिक गरेकी थिइन्।

उनका अनुसार गर्भवतीको समय निकै कष्टकर थियो। उक्त समयमा उनले एक्सन फिल्म ‘हार्ट अफ स्टोन’ को छायांकन मात्र होइन अन्य फिल्मको प्रचारप्रसार समेत गरेकी थिइन्।

हालै उनले आफूले १२ हप्ता अर्थात् तीन महिना गर्भवती भएको कुरा लकाउनुको कारण बताएकी छन्।

भारतीय सञ्चार माध्यम बम्बे टाइम्ससँग कुराकानी गर्दै उनले भनिन्, ‘म आफूलाई कुनै परिस्थितिमा बाँधेर राख्दिनँ जबसम्म कुनै ठूलो बाध्यता पर्दैन। म गर्भवती हुँदा लामो समयसम्म बन्धनमा बसेँ किनकी मेरो गर्भावस्था गम्भीर थियो।’

उनले त्यतिबेला आफू आफ्नो अवस्था सामान्य बनाउनतर्फ लागेको बताइन्।

‘मेरो बच्चा र मेरो स्वास्थ्य मेरो प्राथमिकता थियो। सुरुआती केही महिनामा गाह्रो भए पनि मेरो काममा असर परेन। सुरुमा मलाई निकै बान्ता हुन्थ्यो। त्यसैले मैले १२ हप्तासम्म कसैलाई गर्भवती छु भनिनँ। यसलाई मैले आफूमै सीमित राखेँ,’ उनले भनिन्।

उनी फिल्मको छायांकनका क्रममा भ्यानमा गएर आराम गर्थिन्।

‘हार्ट अफ स्टोन मेरो पहिलो हलिउड फिल्म हो जसलाई जनवरीमा साइन गरेको थिएँ। म आफ्नो गर्भावस्थामा पहिलो एक्सन फिल्मको छायांकन पूरा गर्न सफल भएँ,’ उनले थपिन्।

आलिया करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा देखिँदैछिन्। यो फिल्म २८ अप्रिलमा प्रदर्शन हुनेछ। यस्तै उनको हलिउड डेब्यु फिल्म ‘हार्ट अफ स्टोन’ २०२३ मा नेटफ्लिक्समा रिलिज हुनेछ।

Post Views: 39

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme