Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आमा बन्न तयार हुँदै रेखा भन्छिन् : भान्जा वा भान्जी छिट्टै देख्न पाउनुहुनेछ ! (भीडीयाे सहीत)

Posted on January 3, 2023

२०७८ सालमा जाजरकोटका बलराम शाहीसँग अदालती विवाह गरेकी अभिनेत्री रेखा थापाले सन्तानका लागि अहिले आफ्नो उमेर नभइसकेको बताएकी छन् । बिहीबार फिल्म ‘ह्यारी कि प्यारी’को गीत रिलिज कार्यक्रममा पत्रकारले सोधेको बच्चाको प्रश्नमा उनले भनिन्, ‘भर्खर त म १६ वर्षकी भएँ । म अलि धार्मिक भएकाले जुर्नु पनि पर्छ भनिन्छ । तर, फिल्म र सन्तान सँगसँगै देख्न पाइन्छ ।’

केही वर्षयता रेखा अभिनयभन्दा राजनीतिमा सक्रिय छिन् । यसपालीको संघीय निर्वाचनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नं. ३ का लागि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् । तर, चुनावी नतिजा उनको पक्षमा आएन । उनी राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा पनि पराजित भएकी थिइन् । अब भने उनी फिल्म निर्माण तथा अभिनयमा फर्किँदैछिन् ।

उनले भनिन्, ‘कोरोना महामारीका कारण रोकिएको फिल्म अब सुरु गर्दैछु । दुईटा फिल्म पाइपलाइनमा छन् । एउटा फागुनमा र अर्को बैशाखमा छायांकन हुनेछ । अहिले त्यसैको काम भैरहेको छ । महाधिवेशन, स्थानीय तहको निर्वाचन र संघीय निर्वाचनले गर्दा मैले नभ्याएका कारण फिल्म नबनाएको हो ।’ रेखाले दुई फिल्मध्ये एउटा आगामी भदौमा प्रदर्शन हुन सक्ने बताएकी छन् ।

आफू जहाँ पुगे पनि पहिलो प्राथमिकतामा फिल्म नै हुने रेखाको भनाई छ । ‘मेरो आत्मा जोडिएको ठाउँ हो यो । जुन ठाउँले मलाई चिनाएको छ, त्यो त छाड्दै छाड्दिनँ । मेरो पहिलो प्राथमिकता फिल्म नै हुन्छ,’ उनले भनिन्, ‘मैले फिल्म खेले पनि वा नखेले पनि फिल्म चाहिँ बनाउँछु नै । ९० वर्षको उमेरमा पनि एक्सन-कट भनेरै बस्छु, यदि सकिनँ भने फिल्म निर्माण गरेर भए पनि बस्छु ।’

Post Views: 134

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme