एजेन्सी । विश्व प्रशिद्ध फुटबलर पेलेको अन्त्येष्टि आज गरिने भएको छ । गत बिहीबार ८२ वर्षको उमेरमा निधन भएका ब्राजिलियन महान खेलाडी पेलेको आज अन्त्येष्टि गरिने भएको हो ।
क्यान्सरबाट ग्रसित पेलेको अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको मृत शरीर अस्पतालबाट आतिशबाजीसहित ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा लगेर राखिएको थियो ।
पेलेलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि उनका प्रशंसकहरु २ घण्टासम्म लाइन बसेको बताइएको छ ।पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । त्यस्तै ४ पटक विश्वकप खेलेका पेलेले ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए ।