Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सुधनको बयान- अन्य केटासँग पनि शा’ रीरिक सम्बन्ध राखेकी रहिछन, पुर्वप्रेमीलाई भेट्छु भनेपछी…

Posted on January 3, 2023

काठमाडौंको धुम्बाराहीमा आगो लगा’ एर ज्यान गुमाएकी पुष्पा न्यौपानेका प्रेमी सुधन संग्रौलालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ। इन्गेजमेन्ट तोडेपछि काठमाडौं महानगरपालिका-१० बुद्धनगरकी २७ वर्षीया न्यौपानेले धुम्बाराहीस्थित सुधनको घर अगाडि पुगेर पेट्रोल छ’ र्केर आगो लगाएकी थिइन्।

गत मंसिर १८ गते आगोले ज’ लेर गम्भीर घाइते भएकी उनको कीर्तिपुरस्थित ब’ र्न अस्पतालमा उपचारको क्रममा मृ’ त्यु भएको थियो। उनको मृ’ त्यु भएपछि प्रहरीले सुधनलाई पक्राउ गरी आ’ त्मह’ त्या दु’ रूत्साहनको मुद्दा चलाएको थियो। काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार उनलाई गत बिहीबार नै पुर्पक्षका लागि केन्‍द्रीय कारागार जगन्नागथदेवलमा पठाएको छ। यस घटनामा मृ’ तक परिवारले सुरूमा सुधनसहित उनको परिवारका चार जनाविरूद्ध मुद्दा हालेका थिए। तर अदालतले सुधनमाथि मात्रै अनुसन्धान गर्न म्याद थप गरेको थियो।

प्रहरीले अनुसन्धान गरी पुस ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। त्यसपछि पुस १३ गते बुधबार मुद्दा दर्ता भएकोमा बिहीबार थुनामा पठाएको हो। सुधनसँग पुष्पाको गत भदौमा इन्गेजमेन्ट भएको थियो। पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्।

उनीसँग इन्गेजमेन्ट गर्ने सुधनको न्युरोडमा पसल छ। को’ रोना महामारीअघि उनी चीनमा बस्थे। दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो। पुष्पाको फेसबुक विवरण मागेर उनले चिनजान अघि बढाएका थिए। त्यसपछि उनीहरूबीच प्रेम भएको थियो।

उनीहरूले विवाहसम्म गर्ने निधो गरिसकेका थिए। त्यसैका लागि उनीहरूले इन्गेजमेन्ट समेत गरे। तर उनीहरूको सम्बन्धमा दरार आएको पनि प्रहरीको अनुसन्धानबाट देखिएको छ। प्रहरीलाई सुधनले दिएको बयानका अनुसार उनीहरूले विवाह नै गर्ने कुरा भए पनि पछि सहमतिमै बिच्छेद भएको बताएका छन्।

पुष्पाले यसअघिको अफयरमा शा’ रीरिक सम्बन्धमा समेत बसेका कारण छुट्टिन सक्ने कुरा समेत गरेको बयान दिएका छन्। ‘मृ’ तकले मलाई जरूरी कुरा गर्नुछ भनेर एकदिन भेट्न बोलाइन्। त्यसदिन यसअघिको सम्बन्धमा शा’ रीरिक सम्बन्ध रहेको कुरा गरिन्। त्यसपछि मैले घरपरिवारमा सुनाएँ।

मृ’ तकले पनि सम्बन्ध कायम नराख्ने भए नराखौं मलाई आपत्ति पनि छैन भन्ने कुरा गरिन्। त्यसरी विवाह नगर्ने भनेर कुरा गरेको पनि देखियो,’ उनको बयान उदृत गर्दै स्रोतले भन्यो। आफूले उनलाई आ’ त्मह’ त्या गर्न दु’ रूत्साहन वा उक्साउने काम पनि नगरेको सुधनले दाबी गरेका छन्।

यद्यपि त्यसदिन त्यसरी किन आ’ त्मह’ त्या गर्न आएको हो भन्ने कुरा आफूलाई जानकारी पनि नभएको उनले बयान दिएका छन्। ‘अलगअलग हुने कुरा भए पनि मैले दु’ रूत्साहन वा उक्साएर उनले आ’ त्मह’ त्या गरेकी होइनन्। के कारणले मेरो घर अगाडि आएर ज’ लिन् थाहा छैन।

मैले मा’ र्न खोजेको पनि होइन,’ सुधनले भनेका छन्। सुधनले प्रहरी बयानमा अन्य केटासँगको सम्बन्धबारे भनेका कारण आफूले जनै सुपारी फिर्ता गरेको बताएका थिए। सङ्ग्रौलाले बयानमा भनेका छन्,‘पुष्पाले पूर्व प्रेमीलाई भेट्छु भनिन्। उनको मोबाइलको कभरमा पनि पूर्व प्रेमीको फोटो थियो।’

पुष्पाले धेरै केटासँग शा’ रीरिक सम्पर्क गरेको र पुष्पा परिवारकै मान्छेले समेत ब’ लात्का’ र गरेको खुलेपछि आफूहरूले यस्तो कुरा सुन्न नसकेर छाडेको उनले दाबी गरेका थिए। उनले भनेका छन्- पुष्पासँग मेरो ७ महिना पहिले देखि चिनजान रहेको भएको हो।

उनीसँग मेरो विवाह सन्दर्भमा कुराकानी चलेको हुँदा सोही विषयमा सामान्य आपसी मतभेद मात्र थियो। कुनै रि’ सिइबी थिएन। म २० वर्ष पहिलेदेखि काठमाडौँ जिल्ला न्युरोडमा कपडाको होलसेल व्यापार गर्दै आएको छु। सोही सिलसिलामा न्युरोडमा नै जुत्ताको होलसेल व्यापार गर्दै आएका उत्तम न्यौपानेसँग चिनजान भयो ।

मलाई उत्तमले केपी स्पोर्टस ब्रान्डको पसल समेत सञ्चालन गर्ने गरेको थाहा भयो। दरबारमार्गमा बच्चाहरूको कपडाको स्वरुम राख्ने मेरो इच्छा थियो। २०७९ जेठ १४ गते म दरबारमार्ग गएको थिएँ। मलाई स्थान उपयुक्त नलागेकाले कुरा अघि बढेन।केल्मी कम्पनीको लुगा कपडाहरू राम्रो छ भन्ने सुनेकाले अर्को दिन हामी दुई जना दाजुभाइ न्यौपानेले सञ्चालन गरेको केल्मी स्वरूपबाट टिसर्टहरू किन्न गयौँ।

टिसर्ट किन्ने क्रममा पुष्पा न्यौपानेसँग भेट भयो। पुष्पाले तपाईँहरू दुई जना जुम्ल्याहा हो भनी सोधिन्। मैले हो भनी जवाफ दिएँ । उनले हामीहरूको नाम सोधिन र परिचय भयो। सोही दिन राती पुष्पाले मलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाइन र मैले स्वीकार गरे।

त्यसपछि हामी दुई जनाबिच सामान्य कुराकानी हुन थाल्यो। फोनबाट समेत कुराकानी हुँदै गयो। पुष्पालाई उत्तम न्यौपानेले मेरो बारेमा पहिले नै असल घरपरिवार तथा स्थापित व्यवसायी हो भनी परिचय गराएका रहेछन्। मलाई पुष्पाले काकाले तपाईँको बारेमा सबै कुरा बताएको छ, तपाईंहरुसंग भेट हुँदा मलाई गर्व लाग्छ भन्ने गर्थिन्।

मैले उत्तमलाई पुष्पासँग मेरो फेसबुक म्यासेन्जरमा कुरा हुने गरेको छ, पुष्पा कस्तो केटो हो भनेर सोध्दा मेरो दाइको छोरी हो भने। अलि चकचके छ तर राम्री छ। केल्मी कम्पनीलाई हाँक्ने उनै हो भने। मैले पनि पुष्पाबारे राम्रो नै सुनेको हुँदा आफ्नो व्यक्तिगत कुराहरू समेत बताउँदै गए।

सँगै खाना खाने सल्लाह अनुसार झम्सिखेलको भिभान्ता होटेलमा हामी दुई भाइ (मधुसूदन), पुष्पा अनि उनीसहित चारै जनाले खाना खायौँ। मैले पुष्पालाई पुर्‍याइदिए। असार १२ गते हामी जुम्ल्याहाको जन्म दिनमा पुष्पाले गिफ्ट दिएकी थिइन्। जन्मदिन दरबारमार्गको हाईड्रफ नामको रेस्टुरेन्टमा मनाएका थियौ।

यसरी हामीहरूको सम्बन्ध नजिकिँदै गएपछि आ-आफ्नो घर परिवार समेतलाई जानकारी दियौ। त्यसपछि हामी दुई जनाले विवाह गर्ने भन्ने कुरामा सहमति जनाई गत भदौ १८ गते मेरो घरपरिवार पुष्पाको घरमा हिन्दु परम्परा अनुसार जनै सुपारी बुझाउन गयौँ।

जनै सुपारी बुझाई सकेपछि हामीहरू बिचको सम्बन्ध अझै नजिक हुन गयो । घरका अभिभावकहरूले समेत चिन्न थाले। एक अर्काको घरमा समेत आवतजावत गर्न थाल्यौ। जनै सुपारी आदान प्रदान भई सकेपछि हामीहरू नियमित भेटघाट गर्न थाल्यौ। एक दिन पुष्पाले मसँग मेरो एक जना पूर्व प्रेमी छ, अन्तिम पटक उसलाई भेट गर्न चाहन्छु भनिन्।

मैले निज पुष्पालाई तिमीले हामीहरूको सम्बन्ध राम्रो होस भन्ने चाहेको हो कि के हो ? किन यस्तो कुरा गरेको भन्दा उनले मलाई आइन्दा यस्तो गर्दैन भनी माफी मागिन र मैले पनि ठिकै छ भनी पुनः सम्बन्धलाई जोड्दै गए। अर्को दिन पनि पुष्पालाई मैले किनेर ल्याई दिएको मोबाइलको कभर भित्र एउटा केटाको चिठी देखेँ।

कसको चिठी हो भनी सोध्दा पूर्व प्रेमीको रहेछ। मेरो मन पुष्पासँग टाढिँदै गयो। मैले पुष्पासँग यस्ता कुराहरू असह्य हुन्छन्, म तिम्रो काकासँग कुरा गर्छु अब यो सम्बन्ध अगाडी बढाउने काम छैन भने। उनले मेरो घरमा यो कुरा नगरिदिनु भनिन्। अनि मैले एक जनासँग सम्बन्ध कायम गर्न खोज्नु र आफ्नो विगतको केटा साथीहरूलाई बिर्सिन नसक्नुले हाम्रो सम्बन्ध अगाडी बढ्न सक्दैन भने।

दोस्रो पल्ट समेत पुष्पाले माफी मागिन्। स्वीकार गरे। हामी दुवै जनाबिच जे जस्तो कुराकानी भए पनि हामीहरूको घर परिवारको सम्बन्ध भने दुवै जनासँग राम्रै थियो। पुष्पालाई मेरो आमा बुवा समेतले मन पराएर परिवारको सदस्यको रूपमा स्वीकार गरी सकेका थिए।

हामीहरूबिच चिनजान भेटघाट कुराकानी हुँदै घनिष्ठताको अवस्थासम्म सम्बन्ध पुगेकाले आफ्नो विगतका कुरा समेत आपसमा बताउँदै पनि गरेका थियौ। उनले मलाई तपाईँको कुनै पूर्व केटी साथी थियो की भनेर सोध्दा कलेजमा पढ्दा ७ वर्ष अघि एउटा केटी साथी थिइन तर अहिले छैनन् भने।

उनको बारेमा सोध्दा केटाहरूसँग हिँडे घुमेको र शा’ रीरिक सम्पर्क समेत राखेको बताएकी थिइन्। कुराकानी कै क्रममा तेस्रो पल्ट एक दिन म्यासेन्जरमा तपाईँलाई म एउटा आफ्नो अतीतको कुराबारे भन्छु तर तपाईँले यो कुरा अरूलाई नभन्नु भनिन्। मैले कसैलाई भन्दिन भनी वाचा गरे।

त्यसपछि उनले ‘हुन त मैले तपाईँलाई यो कुराको बारेमा जानकारी गराएमा तपाई मलाई मन पराउनु हुन्न होला । तपाईँलाई मप्रति घि’ न लाग्छ होला’ भनिन। मेलै मलाई विश्वास गर्नु भनेपछि उनले ‘मेरो अतीत कालो छ, कसैले मलाई ब’ लपूर्वक आजभन्दा केही वर्ष पहिले क’ रणी भएको थियो र मैले सो कुरा परिवारका सदस्यहरूलाई समेत बताएकी थिएँ’ भनिन्।

उनले त्यो बेलामा कुनै सुनुवाइ नै नभएको, पारिवारिक रूपमा नै यौ’ न हिं’ सामा परेको र अहिले पनि घर परिवारको मान्छेहरूबाट अ’ पहेलित भई राखेको बताइन्। उनले’तपाईँले मलाई छोडे पनि छोड्नु. तपाई जस्तो केटालाई मैले कुराहरू लुकाएर राख्न नसकेकी हुँदा बताएकी हुँ।

म विगतमा नै आ’ त्मह’ त्या गर्न खोजेकी थिएँ’ समेत भनिन्। जब आफूले पैसा कमाउन थालेको अनि तपाईँसँग समेत नजिक भएपछि मात्र मेरो परिवारले मलाई माया गर्न थालेका हुन भनेकी थिइन्। पुष्पाले अन्य केटाहरूसँग समेत शा’ रीरिक सम्बन्ध भएको भनी म्यासेन्जरमा लेखेर पठाउने गरेकाले पटक पटक गर्ने गरेका यस्तै कुराहरूले असह्य पी’ डा भएर परिवारका सदस्यलाई जानकारी गराएँ।

विश्वास गरेर विवाह गर्ने तयारी गरेकी केटीले विवाह गर्नु अगाडि नै यस्तो खालको कुरा गर्न थालेपछि पुष्पासँग फोन तथा सामाजिक सञ्जालमा बोलचाल बन्द गरेँ। बोलचाल बन्द गरेपछि र फोन नउठाएपछि उनले मेरो दाइ मधुलाई फोन गरेर सुधन मसँग बोल्दैन, मलाई तनाव भएको छ, उस्तै परे केल्मीको अफिसको बार्दलीबाट सडकमा हा’ मफाली आत्महत्या गरिदिऊँ की झैँ लागेको छ’ भनेकी रहिछिन्।

उनले मैले दशा लागेर तपाईँसँग गर्न नहुने कुरा गरे माफ गरी दिनु भनेर पटक-पटक आत्मालोचना गरेको जस्तो गर्न थालिन। मलाई एकोहोरो रूपमा म्यासेजहरू पठाउने र मैले के कुन मुडमा सो कुरा गरे मलाई माफ गरी देऊ भनी पटक पटक म्यासेज गर्न थालिन।

ढाँट्ने अनि कुरा लुकाएर बोल्ने गरेको महसुस हुन थालेपछि २ महिना पहिलेदेखि उनीसँग सम्बन्ध राख्न छोडेको थिए। एक दिन मलाइ घरमा नै आएर भेटी एक चोटिको लागी माफी देऊ भनिन्। मलाई सम्बन्ध अगाडी बढाउन इच्छा नै नभएकोले वास्ता गरिन। उनले आत्महत्या गर्छु भनी धम्की दिन थालिन।

मैले पुष्पाले मेरो चित्त दुख्ने दुईचार कुरा गरेकी छिन् जुन कुरा म सहन नसक्ने भएको छु भनेर उनको घर परिवारलाई जानकारी गराएँ। सम्बन्ध बिग्रिएको हुँदा घर परिवारका मानिसहरूले मिल्नु पर्‍यो भनी सम्झाउने कोसिस गरेका थिए। एक दिन मैले पुष्पाको आमालाई समेत आफू पारिवारिक रूपमा समेत यौ’ न हिं’ सामा परेकी भनेकी छिन्।

यस्ता कुराहरूले गर्दा म उपरान्त मेलमिलापमा जान सक्दिन भने। यो सम्बन्ध अगाडी नबढाउने भनेर पुष्पाको परिवारलाई दिएको जनै सुपारी फिर्ता ल्याउने निधो गर्‍यो । हामीहरूले दिएको जनै सुपारी फिर्ता दिनु भनेर पुष्पाको बुवा काकालाई जानकारी गराउँदा पुष्पाले बुवाले एकचोटी बोलाउन खोजेको छ भनिन्।

मैले सम्बन्ध बिग्रिएपछि पुष्पाको बुवालाई भेट्दा छोरीलाई राम्रोसँग केयर गर्न सकिन, त्यो आफ्नै पाराकी छे, मैले सानै देखी होस्टेल राखेको थिए, सक्नु हुन्छ भने मिलेर अगाडी बढौँ, तपाईँलाई मैले ज’ बरजस्ती गरेको नठान्नु, होइन भने जनै सुपारी फिर्ता लिन आउनु भन्ने कुरा गर्नुभयो।

मेरो घर परिवारलाई सम्बन्ध अगाडी नबढाउने अन्तिम निर्णय सुनाएर २०७५ मङ्सिर १७ मा मेरो बुवा, आमा, दाजु र म समेत जनै सुपारी लिन पुष्पाको घरमा गयौँ ।दुवै परिवारका सदस्यबिच वार्तालाप भयो। पुष्पाले मलाई अन्तिम पटक एक्लै भेटेर ‘मेरो कारण तपाईँलाई तनाव भयो होला मलाई माफ गर्नु’ भनी अङ्गालो हाली छुट्टिइन।

त्यसपछि पहिले दिएको जनै सुपारी (विभिन्न गरगहना तथा लुगा कपडाहरू) फिर्ता लिएर आफ्नो घरमा आयौँ ।त्यसपछि पुष्पाले हामी सबै घर परिवारका सदस्यहरूलाई फेसबुक तथा अन्य सामाजिक सञ्जालहरूमा समेत ब्लक गरिन्। म सम्बन्ध बिर्सिँदै गएको थिए। मङ्सिर १८ गते दिउँसो म घरकै काम गरी बसेको थिए।

बेलुका अन्दाजी साढे पाँच बजे बुवा न्यूरोडमा जानु भएकाले बुवालाई लिन गएँ। दाइ मधु र म सङ्कटा र महाकाल मन्दिर दर्शन गर्न ६ बजे घरबाट निस्किए। करिब साढे सात बजेको समयमा जेठो दाइ निकेश सङ्ग्रौलाले फोन गरेर पुष्पाले घरको गेट नजिकै आफैले आगो लगाई घाइते भएर अस्पताल लगेको बताए।

प्रहरीले प्रमाणको रूपमा मेसेन्जरका च्याटको स्क्रिनसटहरू पनि पेश गरेको छ। जसमा पनि उनीहरूबीच छुट्टिने कुरा भएको देखिएको सरकारी वकिल कार्यालय स्रोतले बतायो। घटना भएको दिन पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको आफन्तको भनाइ थियो।

प्रहरीले यसमा दुई जना पठाओ ड्राइभरसँग पनि बयान लिएको छ। बुद्धनगर बस्ने उनी सुरूमा त्यहाँबाट धुम्बाराहीसम्म पुगेकी थिइन्। त्यहाँको पे’ ट्रोल पम्पमा पुगेर उनले एक जर्किन पेट्रोल किनेको बयान ती पठाओ राइडरले दिएका छन्। त्यसपछि त्यहाँबाट अर्को पठाओ राइडर बोलाएर सुधनको घर अगाडिसम्म गएको अर्का राइडरले बयान दिएका छन‍्।

सुधनको घर अगाडि जलेको थाहा पाएपछि सुधनका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी ज’ लेको जानकारी गराएका थिए। पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित ब’ र्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृ’ त्यु भएको हो। यसबारे अदालतले निर्णय गर्न बाँकी नै छ।

Post Views: 156

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme