Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कोरियाबाट आयो अर्को खुसीको खबर !

Posted on January 3, 2023

कोरियाबाट आयो अर्को खुसीको खबर !

गुरुदत्त न्यौपाने / कोरियापाटी

दक्षिण कोरिया सरकारले २०२३ को सुरुवाती देखिनै विज्ञान तथा प्रविधिको क्षेत्रमा उच्च डिग्री हासिल गरेका विदेशी विज्ञ नागरिकहरु लाई कोरियन नागरिकता अथवा स्थायी बसोबास अनुमति लिने बाटो थप सहज बनाउने प्रस्ताव अगाडी सारेको छ।

कोरियाली न्याय मन्त्रालयले विज्ञान तथा प्रविधिका क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुका लागी कोरियामा बसोबास गर्ने फास्ट ट्रयाक प्रणालीलाई विगतमा परिक्षणका

रुपमा सन्चालन गर्दै आएकोमा यस वर्षदेखी थप विस्तार गरी त्यस्ता व्याक्तीहरुलाई कोरियन नागरिकता तथा स्थायी बसोबासको लागी आवेदन दिने प्रकृयालाई सहज बनाउने गत आईतबार घोषणा गरेको छ।

विगतमा ६ बर्ष कोरिया अनिवार्य बसोबास पछी मात्र स्थायी बसोबास अनुमति वा नागरिकता आवेदन गर्न पाईने नियम थियो भने नयाँ योजना अन्तर्गत योग्य आवेदकहरूलाई तीन वर्षमा कोरियामा स्थायी बसोबास वा नागरिकता प्राप्त गर्न सक्षम हुने गरी सहज बनाउने न्याय मन्त्रालयले जनाएको छ।

नयाँ सुरु गरिएको प्रणाली अन्तर्गत, स्नातकोत्तर वा पीएचडी प्राप्त गरेका विदेशी नागरिकहरू कोरिया सरकारले तोकेको विज्ञान र प्रविधिको क्षेत्रमा विशेषज्ञता प्राप्त

विश्वविद्यालयहरू वा शैक्षिक संस्थाहरूमा F-2 भिसाको लागि विश्वविद्यालय को डीनबाट जारी गरिएको सिफारिस पत्र सहित आवेदन दिन सक्षम हुनेछन।

सरकारले हालसम्म कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (KAIST), थेगु ग्योङ्बुक इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (DGIST), ग्वाङ्जु इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (GIST), उल्सान राष्ट्रिय विज्ञान तथा प्रविधि अध्ययन संस्थान (UNIST) र

विज्ञान तथा प्रविधि विश्वविद्यालय (यूएसटी) गरी ५ विश्वविद्यालयमा अध्ययन गरी विज्ञता हासिल गरेका विदेशी विधार्थीहरुले चाहेमा सजिलै स्थायी बसोबास अनुमति तथा कोरियन नागरिकता समेत आवेदन दिन सक्नेछन।

शुरुमा F-2 भिसा प्राप्त गरेपछि, विदेशी नागरिकहरूले स्थायी बसोबास अनुमति प्रदान गर्ने F-5 भिसाको लागि आवेदन दिन सक्छन्, वा कोरियन नागरिकताको लागी पनि आवेदन दिन सक्छन्।

स्थायी बसोबास प्राप्त गर्न चाहनेहरूले कोरियामा कम्तीमा तीन वर्ष बसेको जस्ता निश्चित योग्यताहरू पूरा गर्नुपर्छ। कोरियन नागरिकताका लागि आवेदन दिनेहरूको हकमा भने अनुसन्धानको नतिजाको आधारमा मूल्याङ्कन गरी उनीहरूले दोहोरो नागरिकता प्राप्त गर्न सक्नेछन्।

न्याय मन्त्रालयको यो कदम बढ्दो विज्ञ जनशक्ति पलाएन को कारण विश्वव्यापी विदेशी उच्चप्रतिभालाई कोरियामै राख्न प्रोत्साहित गर्ने सरकारको प्रयासको रुपमा लिईएको छ।

भर्खरैको सर्वेक्षणका अनुसार कोरियामा उन्नत डिग्री हासिल गरेका विदेशी नागरिकहरूले रोजगारी खोज्दा स्थिर भिसा सर्तहरूको ग्यारेन्टी गर्ने कुनै प्रणालीको अभावका कारण कोरिया छोड्ने छनौट गरिरहेको कारण भविस्यमा विज्ञ जनशक्ति अभाव हुने देखेर यस्तो नागरिकलाई यहीँ रोकेर राख्ने कोरियाको योजनाको रुपमा लिन सकिन्छ।

Post Views: 80

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme