Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बधाई ! ज्योती मगरले गर्ने भइन् विदेशमा व्यापारी सँग विवाह, को हुन् हुनेवाला श्रीमान ?

Posted on January 3, 2023

काठमाडौं । कलाकारिता क्षेत्रमा लागेकाहरुको नीजि जीवनबारे धेरैलाई चासो हुने गर्छ । उनीहरुको जीवनशैली र दैनिकीबारे जान्न ईच्छुक नहुने प्राय कमै होलान् । अभिनेता, गायिकालगायत कलाकारहरुको विवाहदेखि बच्चा जन्माउने योजनासम्मका विषयहरु संचारमाध्यममा प्राथमिकताका साथ प्रकाशित र प्रशारित हुने गर्छछन् ।

केही दिनअघि मात्रै गायिका मेलिना राईले ईन्गेजमेन्ट तोडेको खबर छ्यापछ्याप्ती भयो । संजिब बराईलीसँग विवाह गर्ने भनेर इन्गेजमेन्ट गरेको भएपनि अहिले आफूहरुबीचको इन्गेजमेन्ट तोडिएको राईले सामाजिक संजालमार्फत जानकारी गराईन् । अहिले फेरि अर्को खबर बाहिरिएको छ । बहुमुखी प्रतिभाकी धनी कलाकार ज्योती मगर अब छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

उनले सम्भव भएसम्म यहि मंसिर महिनामा विवाह गर्ने र त्यो सम्भव नभए वैशाखसम्ममा विवाह गरिसक्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । यसअघि उनलाई अव विवाह कहिले गर्नुहुन्छ ? भन्ने प्रश्न सताउने गर्दथ्यो । अब भने ज्योतीले यो प्रश्नको सामना गर्न नपर्ने भएको हो ।

उनले विवाह गर्न लागेका हुनेवाला श्रीमान को हुन् भन्नेबारे भने केही समयपछि खुलासा गर्ने तयारी गरेकी छिन् । केही समयदेखि ज्योती त्यस युवासँग प्रेममा रहँदै आएकी छिन् । उनको हुनेवाला श्रीमान कलाकारिता क्षेत्रका होइनन् ।

विदेशमा व्यापार गरेर बस्दै आएका व्यक्तिसँग ज्योतीले विवाह गर्न लागेकी स्रोतको दाबी रहेको छ । केही समयअघि एक अन्तर्वाताका क्रममा ज्योतीले अब त आफूलाई पनि विवाहको रहर जागिसकेको भनेकी थिइन्।

फेसबुक लगायत जताततै विवाह देख्दा आफूलाई पनि विवाह गर्ने धेरै रहर लागेर आएको भनेकी थिइन् । उनले भनेकी थिइन्, मन मिल्दो, राम्रो बर पाएँभने जुनै समय पनि हुनसक्छ विवाह । भनेको जस्तो बर पाइनँ भने कहिलै पनि नहुन पनि सक्छ ।

यस्तै ज्योतीले जीवनसाथी आफ्नो खुट्टामा उभिएको हुनुपने, सामाजिक, व्यवहारिक र महिलालाई सम्मान गर्ने हुनुपर्ने बताएकी छिन् । आफ्नो पेसा बुझेको व्यक्तिको खोजीमा अहिलेसम्म विवाह हुन नसकेको र अब आफू विवाहका लागि तयार रहेको ज्योतीको भनाइ छ ।

Post Views: 137

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme