Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

‘पठाओ राइडर’ को बयान पठाओ चढेर पेट्रोल किन्न गएकी थिइन् पुष्पा

Posted on January 3, 2023

१९ पुस, काठमाडौं । दरबारमार्गस्थित केल्मी नेपालकी अपरेशन म्यानेजर पुष्पा न्यौपाने १८ मंसिरमा सुधन संग्रौलाको घर अगाडि जलिरहेको अवस्थामा भेटिइन् । प्रहरीले उद्दार गरेर कीर्तिपुर अस्पताल पुर्‍यायो, भोलिपल्ट बिहान साढे ९ बजे चिकित्सकहरुले मृत घोषित गरे ।

घटनास्थलमा पाँच लिटरको पेट्रोलको ग्यालिन भेटिएको बताउँदै प्रहरीले यो घटनालाई आत्मदाह भनेको थियो । तर, पेट्रोल कहाँबाट ल्याइयो ? बुद्धनगरस्थित घरबाट टेलर (सिलाइ कटाइ पसल) जान्छु भन्दै निस्किएकी पुष्पा कसरी धुम्बाराहीसम्म पुगिन् ? जस्ता प्रश्नको जवाफ खुलेको थिएन ।

प्रहरीले अनुसन्धानका क्रममा ‘पठाओ राइडर’ फेला परेको छ, जसले यी प्रश्नको जवाफ दिएका छन् । राइडर सम्पूर्ण रिजालका अनुसार घटना भएको दिन दिउँसो साढे २ बजेतिर उनलाई धुम्बाराहीबाट राइडका लागि रिक्वेस्ट आएको थियो । ‘उहाँले सैपाल एकेडेमी नजिक आउनु भन्नुभएको थियो, त्यहाँ पुग्दा फोन गर्नेलाई भेट्न सकिनँ’, उनले भनेका छन्, ‘फोन गर्दा उहाँले अलिभित्र बाटोमा छु, हातमा सेतो जर्किन बोकेको छु भन्नुभएको थियो ।’

पीपलबोटमा हातमा जर्किन बोकेको महिलालाई देखेको र मोटरसाइकलमा राखेर सुकेधारा चोकतर्फ गएको रिजालले भनेका छन् । ‘मैले उहाँलाई चाबहिलको कुन ठाउँसम्म जाने भनेर सोध्दा पेट्रोल पम्प जहाँसम्म छ, त्यहीँसम्म जाउँ भन्नुभएको थियो’, उनले अगाडि भनेका छन्, ‘सुकेधारा चोकबाट चक्रपथ प्रहरी विटसम्म पुग्दा उहाँले नै त्यहाँ पम्प छ, जाउँ भनेर देखाउनुभएको थियो ।’

पेट्रोल पम्पमा पुग्दा पुष्पाले पछाडि बसिबसी साढे चार लिटर पेट्रोल जर्किनमा भर्न लगाएको रिजालले प्रहरीसमक्ष बताएका छन् । ‘पेट्रोल भरेपछि कहाँ जाने भन्दा उनले अघिकै ठाउँमा जाने भनेकी थिइन्’, रिजाल भन्छन्, ‘मैले बाटोमा जाँदा दिदी तपाईंको स्कुटर छ भनेर सोधेको थिएँ, तर छैन भन्नुभएको थियो । किन किनेको त भनेर सोध्दा साथीको लागि भन्नुभएको थियो ।’ त्यसपछि सैपाल एकेडेमीको विपरीत स्थानमा पुष्पालाई छाडिदिएको उनले बताएका छन् ।

भोलिपल्ट बिहान आफूले पुष्पा न्यौपाने नाम गरेको युवतीले धुम्बाराहीमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गरेको समाचार पढ्दा झसंग भएको रिजालले बताएका छन् । ‘टिकटकहरुमा समेत मृतकको फोटोहरु व्यापक देख्दा धुम्बाराहीबाट मोटरसाइकल चढेकी यिनै हुन् भन्ने यकिन भयो’, रिजालले प्रहरीलाई भनेका छन्, ‘त्यसपछि मैले त्यो नम्बरमा फेरि सम्पर्क गर्ने कोशिस गरेँ, स्वीच अफ आयो, त्यसपछि त झनै उनी नै भएको पुष्टि भयो ।’

यो घटना हुनु एक दिनअघि मात्र सुधनसँग पुष्पाको इन्गेजमेन्ट टुटेको थियो । पुष्पाका बुबा पुरुषोत्तम न्यौपानेका अनुसार दुवैले आ–आफ्नो तर्क राखेपछि संग्रौला परिवारले जनै सुपारी फिर्ता लिएका थिए । चार महिनाअघि पुष्पाको जन्मदिनकै दिन सुधन र पुष्पाबीच इन्गेजमेन्ट भएको थियो । तर, दुईबीचको सम्बन्ध लामो समयसम्म उस्तै रहेन । दुवै पक्षले एकअर्कालाई शंका गर्ने गरेको बयानहरुबाट देखिन्छ ।

इन्गेजमेन्ट टुटेपछि पुष्पा विक्षिप्त बनेकी थिइन् । ‘यो घटनाले छोरीलाई तनाव भएको हुनसक्छ भन्ने सोचेर सम्झाएको थिएँ, यो केटाले तनाव दिएको थियो भनेकी थिइन् । उसले सम्झेको जस्तै गरी मैले पनि ढुक्क भयो भन्ने सोचेँ,’ बुबा पुरुषोत्तम न्यौपाने प्रहरीसँगको वयानमा भनेका छन्, ‘आफू सम्हालिएर बस्छु र त्यो केटाभन्दा अगाडि विवाह गरेर देखाउँछु भन्दै आत्मसन्तुष्टि गरेको जस्तो व्यवहार देखाउँथिन् ।’

तर, घर परिवारलाई सान्त्वना दिने पुष्पाले बाहिरी रुपमा राम्रो कुरा गरेर मनमा सुधनसँगको सम्बन्धलाई लिएर धेरै तनाव लिएको उनले बताएका छन् । प्रहरीले अनुसन्धान प्रतिवेदनमा समावेश गरेको पुष्पाका बाबुको बयान अनुसार १८ मंसिरमा दिउँसो पुष्पा घरबाट लुगा सिलाउन जाने भन्दै निस्केकी थिइन् । त्यसपछि उनी फर्किएकी थिइनन् ।

पठाओ चालक रवि शाहको बयान अनुसार पुष्पाले दिउँसो १ः२२ बजेतिर बानेश्वरबाट राइडका लागि ‘रिक्वेस्ट’ गरेकी थिइन् । ‘मैले कल गर्दा लिभरपुल कलेजको ओरालो नजिक आउनु भन्नुभएको थियो, उहाँले धुम्बाराही चोकसम्म छाडिदिनु भन्नुभयो’, शाह भन्छन्, ‘मैले भेट्दा उहाँ सामान्य अवस्थामा हुनुहुन्थ्यो ।’

उनी संग्रौलाको परिवारलाई भेट्न भनेर गएको तर, परिवारले बेवास्ता गरेको हुँदा आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । प्रत्यक्षदर्शी मनिषा कटवालका अनुसार त्यसदिन करिब ६ बजेतिर उनी कामबाट फर्किएर झ्यालबाट बाहिर हेर्दै बसेकी थिइन् ।

‘त्यत्तिकैमा अचानक मेरो घरबाट दक्षिणतर्फ दिनेश संग्रौलाको घर गेट नजिक केही वस्तुमा आगो लागेको जस्तो देखियो’, कटवाल भन्छिन्, ‘मलाई कसैले फोहोर बालेको हो कि जस्तो लाग्यो । तर, केहीबेरसम्म पनि निभेको नदेखेपछि बाहिर निस्किएर हेर्दा मान्छे जलिरहेको देखेँ ।’

यताउता दौंडिदै गरेको देखेपछि मान्छे जल्यो भनेर छरछिमेकले थाहा पाउने गरी हल्ला गरेको उनले बताइन् । ‘मैले हल्ला गरेपछि वरिपरीका मानिसहरु पनि भाँडाहरुमा पानी लिएर त्यसतर्फ गएका थिए, म पनि पानी लिएर सडकमा गएको थिएँ’, कटवालले भनेकी छन्, ‘जल्नेले डाउन ज्याकेट लगायत बाक्लो कपडा लगाएको हुँदा शरीरभरि आगो प्रशस्त फैलिसकेको थियो ।’

लगत्तै आफैंले १०० मा फोन गरेर प्रहरीलाई घटनाबारे जानकारी गराएको कटवालले बताएकी छन् । उनी भन्छिन्, ‘प्रहरीकै भ्यानमा राखेर जलेर कराउँदै गरेकी महिलालाई अस्पताल पठाएका थियौं ।’ जलेपछि मात्र मृतक पुष्पा भन्ने थाहा पाएको र उनीसँग सुधनको इन्गेजमेन्ट टुटेको भन्ने थाहा पाएको कटवालले भनेकी छन् ।

Post Views: 91

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme