काठमाडौं / रोजगारीका लागि कोरिया जान लागेका ४ जना ठगिएकाा छन् । उनिहरुलाई कोरिया पठाइदिन्छु भन्दै नगद र पासपोर्ट लिने व्यक्ति सम्पर्कबिहिन भएपछि ४ जना पीडितहरु मिडियामा आएका छन् ।
भिडियो हेर्नुहोस्
अन्य समाचार । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क केही बढेको छ । नेपालस्थित कोरियन राजदुतावासले यही १ जनवरी २०२३ देखि लागू हुनेगरी भिसा शुल्कमा केही वृद्धि भएको जनाएको छ ।
अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क दिने गरेको छ । अबदेखि यस्तो भिसा शुल्कमा ६०० रूपैयाँ वृद्धि गरी प्रतिकामदार ७ हजार ८०० पुर्याएको हो ।
दूतावासका अनुसार भिसा जारी गर्नुअघि आवश्यक पर्ने प्रक्रिया पूरा गर्न (सीसीभीआई) का लागि स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
अबदेखि यस्तो फारम भर्ने व्यक्तिले भिसा शुल्कबापत ७ हजार ८०० रूपैयाँ बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ