Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नेपाली नायिकाहरुको रेट: १० लाख देखि २० लाख सम्म, कुन नायीकाको कति ?

Posted on January 4, 2023

काठमाडौँ- नेपालमा हिरोको पारिश्रमिकले निर्माताको सातो खान थालेको थियो । अब यो लिस्टमा हिरोइन पनि थपिएका छन् । लकडाउनपछि हिरोइनहरूले पनि आफ्नो पारिश्रमिक दोब्बर तेब्बर बनाएका छन् । बजारमा हिरोइनले पैसा डिमाण्ड गर्ने र निर्माताबाट पाउने कुरामा विचलन हुन सक्छ

तर अबको छिमलमा नाम चलेका हिरोइन लिनलाई कम्तिमा १० लाखको थैली ठिक्क पार्नुपर्ने भएको छ । हिरोइनले लिने पैसालाई लिएर हल्ला खल्ला भएको पहिलो नाम पूजा शर्मा हो । युट्युबतिर हल्ला खल्ला गरेकै भरमा उनले कुनै कुनै फिल्मका लागि २० लाख लिएको चर्चा थियो ।

पूजाले उसबेला ‘सम्झना बिर्सना’, ‘पोई पर्यो काले’ लगायतका फिल्मका लागि २० लाख हाराहारी पैसा लिएको दाबी गरिएको थियो । तर ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ बक्स अफिसमा नराम्ररी चित् खाएपछि उनले कति पैसा माग्छिन्, धेरैको चासोको विषय हो ।

फिल्मले पोस्टरको पैसा पनि नउठाइ रहने तर कलाकारले भने फिल्मैपिच्छे पारिश्रमिक बढाइरहने चलनले निर्माता भने पिरलोमा छन् । तर ‘आदतले मजबुर’ उनीहरूलाई नयाँलाई लिएर राम्रो फिल्म बनाउने आँट पनि गर्न सकेका छैनन् । नाम चलेका कलाकार लिए डिजिटल राइट्स र डायस्पोरामा दाम पाइहालिन्छ कि भन्ने आशमा

निर्माता मुट मिचेर हिरोसँगै हिरोइनलाई पनि चर्को दाम तिर्न बाध्य छन् । ‘क्याप्टेन’मा डेढ दुई लाख पारिश्रमिक लिएर अभिनय गर्न थालेकी उपासना सिंहले अहिले फिल्ममा काम गर्न १५ लाख डिमान्ड गर्न थालेकी छिन् । उनले १४ लाखमा त बन्ने सुरसार नरहेको ‘सत्यम्’ साइन गरेको खबर थियो ।

यही साल रिलिज भएको ‘दुई नम्बरी’मा ६ लाख पारिश्रमिक लिएर काम गरेकी उपासनाले यही निर्माताको ‘हात्तीछाप’मा १० लाख नघटेको चर्चा छ । ठाउँका ठाउँ ४ उपासनाले ४ लाख पारिश्रमिक बढाएपछि निर्माता किरण नेपालीले उपासनालाई साइन गर्न सकिइरहेका छैनन् ।

नेपाली ‘दुई नम्बरी’कै कलाकारको सेट दोहोर्याउने मनसायले उपासनाको माया पनि मार्न सकिइरहेका छैनन् । उता उपासनाले भर्खर बक्स अफिसमा पिटिएको फिल्म ‘डिसेम्बर फल्स’मा ९ लाख लिएको खबर थियो । जबकि यो फिल्ममा आर्यन सिग्देलले निर्माताबाट जम्मा ८ लाख पाएको चर्चा थियो ।

यो साल स्वस्तिमा खड्का अभीनित दुई फिल्म, ‘चिसो मान्छे’ र ‘चपली हाइट ३’ प्रदर्शनमा आए । उनका दुवै फिल्मको व्यापार उल्लेख्य थिएन । ‘चपली हाइट ३’मा स्वस्तिमा फिल्मको साझेदार थिइन् तर ‘चिसो मान्छे’मा उनलाई १० लाख पारिश्रमिक दिएको निर्देशकले बताएका थिए ।

तर फिल्म नचलेको कुराले स्वस्तिमालाई खासै असर परेको छैन । उनले नयाँ फिल्मको प्रस्ताव लिएर जाने निर्मातालाई १६ लाखको शर्त तेस्र्याउने गरेकी छिन् । उनले चाँडै नै फ्लोरमा जाने फिल्म १२ लाख लिएर साइन गरेको खबर छ । हुँदा हुँदा दुई तीन फिल्म जेठी मलिका महतले पनि निर्मातासँग १२ लाख रुपैँयाँ माग्ने गरेकी छिन् ।

भर्खरै लक्ष्मण सुवेदीको अनाम फिल्म साइन गरेकी मलिकाले यो फिल्मका लागि १० लाख लिएको खबर छ । ‘यात्रा’बाट अभिनय सुरु गरेकी मलिकाको यही साल ‘पानी फोटो’ प्रदर्शनमा आएको थियो जसले बक्स अफिसमा कमजोर व्यापार गरेको थियो ।पारिश्रमिकका कारण खबरमा आएकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह पनि हुन् ।

उनले ‘इन्टु मिन्टु लन्डनमा’, ‘रातो टीका निधारमा’ आदि फिल्म फ्लप हुँदा पनि पारिश्रमिक १५ लाख पुर्याएकी थिइन् । तर उनले ‘मारुनी’ १३ लाखमा गरेकी थिइन् भने रिलिजको संघारमा रहेको ‘तिम्रो मेरो साथ’का लागि १२ लाखमा मानेको खबर छ ।बजारमा सक्रिय हिरोइनमध्ये वर्षा राउतले ५ लाख हाराहारीमा काम गरिरहेकी छिन् भने आँचल ८ देखि १० लाख माग्ने गरेको स्रोत बताउँछ ।

चर्कै पैसा माग्नेमा नम्रता श्रेष्ठको पनि नाम आउँछ तर उनी बाँकी हिरोइन जस्तो धेरै फिल्म गर्दिनन् ।उनले ‘प्रसाद २’मा काम गर्न २० लाख पारिश्रमिक मागेको चर्चा थियो ।निर्माताले त्यति रकम दिएका पनि थिए तर पछि उनले सो फिल्म छाडिन् । उनले गर्न लागेको नयाँ फिल्म ‘ग्रहण’मा पनि उनले आफैँ लगानी गर्न लागेको खबर छ ।

कलाकारले पुग्दो पारिश्रमिक पाउनु नराम्रो कुरा होइन तर निर्माताले कलाकारमा जति पनि पैसा खर्चिएर बाँकी कुरामा सम्झौता गर्दा फिल्म कमजोर बन्न पुगिरहेका छन् । यसले अनुभवी निर्माता दोहोर्याएर लगानी गर्न नआउने, नयाँ आउने र एउटा फिल्म गरेर गायब हुने चक्रले नेपाली फिल्म जहाँको तहीँ रहेको टिप्पणी खेपिरहेको छ ।

Post Views: 121

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme