Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

‘कबड्डी ४’ र ‘दुई नम्बरी’ हिट भएपछि उपासनाले बढाइन् पारिश्रमिक

Posted on January 4, 2023

काठमाडौं । वर्ष २०७९ मा अभिनेत्री उपासना सिंह ठकुरीका दुई फिल्म बक्स अफिसमा हिट भए । ‘कबड्डी ४’ले सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रच्यो भने ‘दुई नम्बरी’ पनि सुपरहिट बन्यो ।

दुई फिल्म हिट भएपछि उपासनाले पारिश्रमिकमा वृद्धि गरेकी छन् । उनले पारिश्रमिक बढाउने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा महिला प्रमुख पात्रको कास्टिङमा ढिलाइ भएको छ ।

‘दुई नम्बरी’मा ६ लाख रुपैयाँमा काम गरेकी उपासनाले पारिश्रमिक बढाएर १० लाख हाराहारीमा मागेपछि निर्माता नेपालीले साइन गर्न सकेका छैनन् । यद्यपि उपासनालाई नै नायिकाको रुपमा लिने उनले बताए ।

‘उहाँले पहिलेको भन्दा केही बढाएर पारिश्रमिक दिनुस् भनेपछि कास्टिङको काममा केही ढिलाइ मात्र भएको हो । रोकिएको होइन । यो कुरा मिलाएर चाँडै नायिका तय गर्छौं,’ निर्माता नेपालीले अनलाइनखबरसँग भने । एक्सन–थ्रिलर फिल्म हात्तीछापमा निर्माता नेपाली अघिल्लो प्रोजेक्ट दुई नम्बरीकै कलाकारलाई दोहोर्‍याउन चाहन्छन् ।

जसअनुसार सौगात मल्ल र दयाहाङ राईले पारिश्रमिकको सट्टामा फिल्मको नाफाको ४० प्रतिशत सेयर बाँडफाँटको सर्तमा फिल्म खेल्ने फाइनल भएको जानकारी पनि उनले दिए ।

नयाँ फिल्ममा भुटानी नायिका उगेन छोदेनलाई भने लिने निर्णय नभएको निर्माता नेपालीले बताए । सिमोस सुनुवारले निर्देशन गर्ने र प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मको छायांकन चैतदेखि सुरु गर्ने तयारी छ । फागुन मध्यसम्म सबै कलाकार फाइनल गर्ने योजना छ ।

Post Views: 68

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme