काठमाडौं । अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्ली आइरहेको एयर इण्डियाको उडानमा रक्सीले मातेका एक व्यत्तिले वृद्ध महिलाको शरीरमा पिशाब फेरेका छन् । नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई म’ दिराले मातेका एक व्यक्तिले पिसाब गरिदिएका र कुनै कारबाहीमा नपरी उम्किएका थिए ।
घटनाको केही हप्तापछि एयर इन्डियाले ती अटेरी व्यक्तिलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ । एक महिना पुरानो यो घटना हालै मात्र सार्वजनिक भएको हो । घटनाको समयमा ती महिला विमानको बिजनेश क्लासमा थिइन् ।भारतीय समाचार एजेन्सी एएनआईका अनुसार घटनाबारेमा एयर इण्डियामा उजुरी परेको छ र उसले छानबिन पनि गरेको छ ।
एयर इण्डियाका एक कर्मचारीका अनुसार न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ नोभेम्बरका दिन दिल्लीका लागि उडेको विमानमा यो घटना भएको हो । यो घटनालाई कतिपयले ‘स्तब्ध पार्ने सर्मनाक’ भनेका छन् । भारतको नागरिक उड्यन प्राधिकरणले घटनाबारे जानकारी माग्दै दोषिलाई कारबाही गर्ने बताएको छ ।
डिजिसीएले एयर इन्डियालाई यस विषयमा प्रतिवेदन बुझाउन भनेको समाचार एशियन न्यूज इन्टरनेशनलले उल्लेख गरेको छ । उसले यदी लापरवाही भएको भए सम्बन्धित व्यक्तिलाई कारवाही गर्नेउल्लेख गरेको छ । एयरलाइनबाट रिपोर्ट मागिरहेका छन् । साथै दोषिलाई कारबाही गर्ने बताएको छ ।