Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१५ वर्षीया बाल कलाकार रुहानिकाले किनिन् घर

Posted on January 4, 2023

काठमाडौं । भारतकी १५ वर्षीया बाल कलाकार रुहानिका धवनले मुम्बईमा एउटा घर किनेकी छन् । रुहानिकाले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् । उनले घरका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गदै निकै भावुक क्याप्सन पनि लेखेकी छन् । उक्त क्याप्सनमा उनले आफ्नो सफलताको श्रेय आमालाई दिएकी छन् । रुहानिकाले अबका दिनमा पनि धेरै मेहनत गर्ने र यसरी नै आफ्ना सबै सपनाहरू पूरा गर्ने बताएकी छन् ।

भारतीय टिभी च्यानल स्टार प्लसको चर्चित टिभी शो ‘ये है मोहब्बतें’ मा देखिएकी रुहानिका (रुही) ले आफ्नो अभिनयले छुट्टै पहिचान बनाएकी छिन् । उनले उक्त घर किन्नका लागि पैसा बचत गर्न करिब ७ देखि ८ वर्ष लागेको पनि बताएकी छन् ।

आफ्नो सफलताको पूरा श्रेय आफ्ना आमाबावुलाई दिँदै उनले लेखेकी छन्, ‘वाहेगुरु जी र मेरा आमाबुवाको आशीर्वादले आज म आफ्नो खुसी तपाईहरुसँग बाँडिरहेको छु । नयाँ सुरुवातको लागि म धेरै उत्साहित छु। मैले आज मेरो एउटा सपना पूरा गरेको छु । मलाई यो सपना पूरा गर्न मद्दत गर्ने सबै प्लेटफर्महरूप्रति म र मेरा अभिभावक धेरै आभारी छौं।’

भारतीय सञ्चार माध्यमका अनुसार रुहानिकाले आफ्नो करियरको सुरुवात टिभी शो ‘मिसेस कौशिक की पाँच बहूँ’ बाट गरेकी थिइन् । यसमा उनको चरित्र १०–२० दिनको मात्रै थियो । पछि उनी ‘ये है मोहब्बतें’ मा देखा परिन् जसले उनलाई परितित बनायो ।
उनी चलचित्र ‘घायल वन्स अगेन’मा पनि देखिएकी थिइन् ।

Post Views: 67

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme