Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

‘हैट’ ! ४० वर्ष नपुग्दै लगनगाँठो कस्दै बुद्धि तामाङ, को हुन् उनको दुलही ?

Posted on September 22, 2022

काठमाडौं – ‘हैट’ थेगोले लोकप्रिय नेपाली चलचित्र जगतका लोकप्रिय कलाकार बुद्धि तामाङ ४० वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिने भएका छन् ।

उज्यालो नेटवर्कलाई प्राप्त भएको सुचनाअनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसंग भोली असोज ७ गते लगठगाँठो कस्न लागेका हुन् ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुडवालमा जन्मिएका बुद्धिले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन् । सार्वजनिक समारोह, अन्तरवार्ताहरुमा उनलाई पटकपटक विवाह कहिले गर्ने भन्ने प्रश्नले हैरान बनाउथे । विवाहको कुरा निकाल्ने बित्तिकै पन्छिने गरेका तामाङले अनुसँग तामाङ संस्कारमा विवाह गर्ने भएको छ ।

केही दिनअगाडि अनुको घरमा बुद्धिले तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए । तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनुपर्दछ । पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्दछ ।

पोङमा रहेको सगुन केटा केटीले ग्रहण गरेपछि विवाहको साइत हेरेर अनुकुलतामा केटाको घरमा लाने प्रचलन छ । सोही विधि अनुसारनै तामाङको विवाह असोज ७ गते पक्का भएको थियो ।

विशेषगरी हास्य कलाकारको भूमिकामा देखिने तामाङले सांघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर -६, घामपानी,छक्का पञ्जा, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले लगायत चलचित्रमा अभिनाय गरिसकेका छन् ।

उनले रंगमञ्चको दुनियाँमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् ।

Post Views: 87

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme