Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेस्सी र पिएसजी बीच तत्काल सम्झौता नहुने !

Posted on January 4, 2023

एजेन्सी – ट्रान्सफर मार्केटका चर्चित जानकार फाब्रिजियो रोमानोले लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेन(पिएसजी) बीच यसै साता नयाँ सम्झौता हुन सक्ने कम सम्भावना रहेको बताएका छन्।

रोमानोले मंगलबार मात्रै मेस्सी र पिएसजी बीच हुने भनिएको सम्झौता सम्बन्धमा सामाजिक संजाल मार्फत अपडेट बाहिर ल्याएका हुन्। रोमानोका अनुसार मेस्सी र पिएसजी बीच सम्झौता थप गर्ने विषयमा डिसेम्बर महिनामै मौखिक सहमति भएको हो।

विश्वकप सकिनु अगाडी नै दुई पक्ष बीचको छलफलले सकारात्मक मोड लिएको रोमानोले जनाएका छन्। मेस्सी पक्ष र पिएसजी बीच थप छलफलहरुका लागि भेट हुन बाँकी छ। सो छलफलले नै मेस्सीको नयाँ सम्झौताको लम्बाइ, तलब विवरण र थप कुराहरू तय गर्नेछ।

दुवै पक्ष सम्झौता थपका लागि मौखिक रुपमा सहमत भइसकेका कारण दुवै पक्ष हतारो गर्ने पक्षमा रहेका छैनन्। रोमानोका अनुसार दुवै पक्ष बीच क्रमिक रुपमा छलफल अगाडी बढ्नेछ।

“नयाँ सम्झौता यस हप्ता हस्ताक्षर हुने अपेक्षा गरिएको छैन। यसले केहि समय लिन सक्छ तर योजना पहिले नै स्पष्ट भएकोले कुनै हतार छैन।”,रोमानोले सामाजिक संजालमा लेखेका छन्,”विश्वकपको अन्तिम दिनहरूमा दुई पक्षबीच मौखिक सहमत भएको थियो। सम्झौताको लम्बाइ, तलब विवरण र थप कुराहरू बारे छलफल गर्न लियो मेस्सीको क्याम्पसँग नयाँ बैठक हुनेछ।”

त्यस्तै रोमानोले मेस्सीलाई भित्र्याउन बार्सिलोनाले कुनै प्रयास नगरेको पनि खुलासा गरेका छन्। उनका अनुसार बार्सिलोनाले मेस्सीलाई फिर्ता लैजान कुनै आधिकारिक प्रस्ताव नै गरेन।

Post Views: 66

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme