Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पाँच महिनादेखि कुवेतको अस्पतालमा अलपत्र प्युठानकी महिलाको उद्दारका लागि आग्रह

Posted on January 5, 2023

रुपन्देही । प्युठान जिल्ला झिमरुक गाउँपालिका ५ ओखरकोट/बिसरे घर भई विगत ४ वर्षदेखि घरेलु कामदारको रुपमा कुवेतमा रहेकी वर्ष ४७ की तुलसा जीसी तुलसा जीसी (पासपोर्ट नं. ०५८९९४१९) अहिले त्यहाँको अस्पतालमै अलपत्र छिन् ।

ब्रेन ह्यामरेज वा अन्य दुर्घटनाका कारण अलपत्र अवस्थामा विगत ५ महिना अघिदेखि कुवेतको अदान हस्पिटल पीआइसीयू ३२ नं. बेडमा अचेत अवस्थामा रहेपनि घरमा ल्याउन नसकेको उनका आफन्त प्रदीप जीसीले बताए ।

‘उहाँलाई के भएको हो ? कसले अस्पताल भर्ना गर्यो ? कहिलेसम्म राख्ने हो कुनै जानकारी छैन, त्यहाँ उनको आफ्नो मान्छे कोही छैन’, उनले भने, ‘श्रीमान् र छोराछोरीलाई लालनपालन र शिक्षादीक्षासँगै अनेक सपनाहरू बुनेर विदेशिएकी एक पीडित नारीको यस्तो गम्भीर र दयनीय अवस्था देख्दा सुन्दा मन साह्रै विक्षिप्त भएको छ तर कसरी यहाँ ल्याउने सबैलाई चिन्ता थपिएको छ ।’

जिसी भन्छन्, ‘घरमा छोराछोरीको रोदन र चित्कारले मन भक्कानिन्छ, नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कुवेतका लागि नेपाली राजदूतावास सबैलाई गुहार मागिएको छ, अनेक प्रयास गर्दा पनि कहीँ कतै कसैबाट उहाँलाई नेपाल ल्याउन सहयोग मिलेन ।’

महिलाको परिवारले सहयोगका लागि परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, वैदेशिक रोजगार विभाग, कुवेतमा रहने नेपाली दाजुभाइ दिदी बहिनीहरू, एनआरएनएका प्रतिनिधि, कुवेतका लागि नेपाली दुतावास, गृहमन्त्रालय, सबैलाई अनुरोध गरेको जनाएको छ । जसरी पनि कुवेतको अस्पतालमा अलपत्र अवस्थामा रहेकी ती महिलाको उद्दार गरिदिन परिवार तथा छिमेकीको अनुरोध गरेको प्रदीपले जनाएका छन् ।

Post Views: 90

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme