Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अभिनेत्री पूजालाई यस्तो भनेपछि ट्रोल बनिन आँचल शर्मा

Posted on January 5, 2023

काठमाडौ :- केही समय अगाडि नायिका “आँचल शर्मा” महिलाहरुले टिकटक चलाउने र उनीहरु बढी क्रियटिभ हुने भन्दै अन्तरवार्ता दिएपछि ट्रोलको “शिकार” बनेकी थिइन् ।

आफ्नो बोलीका कारण बेलाबखत आलोचित भैरहने आँचल फेरि आफ्नै बयानका कारण ट्रोलरको निशानामा परेकी छिन् ।उनले, आफ्नै सहकर्मी नायिका पूजा शर्मालाई आफ्नो अग्रज भएको बताएपछि उनको टिकटकमा मजाक उडाइएको छ ।

कतिपय प्रयोगकर्ताले आँचललाई अग्रजको अर्थ पनि थाहा नभएको भन्दै उनको ट्रोल गरिरहेका छन् ।केही बर्ष अगाडि नायिका रेखा थापाले नायक भूवन केसीलाई ‘शताब्दी’ नायक भनेपछि उनको चर्को आलोचना भएको थियो ।

अहिले आँचलले पनि पूजालाई आफू भन्दा अग्रज भएको भन्दै उनीसँग आफ्नो कुनै प्रतिस्पर्धा नै नभएको बताएकी छिन् । आफू भन्दा धेरै अगाडि फिल्म क्षेत्रमा पूजा आएको भन्दै आँचलले उनी आफ्नो अग्रज भएको र उनलाई सम्मान गर्ने उल्लेख गरेकी छिन् ।

पूजाले फिल्म ‘थ्रि लभर्स’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् भने आँचलले फिल्म ‘नाई नभन्नु ल ४’बाट करिअर सुरु गरेकी थिइन् । फिल्म क्षेत्रमा आउनु अघि आँचल र पूजा दुबैले केही म्यूजिक भिडियोमा काम गरिसकेका थिए ।

यसैले, आँचल र पूजा एउटै जेनेरेशनको नायिका हुन् । तर, आँचलले पनि पूजालाई अग्रज भएको बताउँदै उनलाई धेरै पुरानी नायिका जस्तो सोचेको देखिन्छ ।

आँचलको लागि फिल्म क्षेत्रका अग्रजहरुमा करिश्मा मानन्धर, विपना थापा, निरुता सिंह, रेखा थापा’ लगायत पर्छन् । तर, आफू भन्दा केही बर्ष अगाडि मात्र यो क्षेत्रमा भित्रिएकी र समकालिन रुपमा एकसाथ काम गरिरहेकी नायिकालाई आँचलले अग्रज भन्दा उनको चर्को आलोचना भैरहेको छ ।

Post Views: 81

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme