Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नेयमारको हुँदैछ चर्को आलोचना, यस्तो छ खास कारण

Posted on January 5, 2023

काठमाडौं।

फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको चिहानघारीमा समाधिस्थ गरिएको छ। नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जलि अर्पण गरे। साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ प्रार्थना गरिएको शवयात्रामा हजारौँ सहभागी थिए।

सुनले बेरिएको ‘कास्केट’ आइपुग्नुअघि कब्रिस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मन पर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए। पेलेको ८२ वर्षको उमेरमा गत हप्ता नि’ ध’ न भएको थियो। उनको श’व सान्तोसमा राखिएको थियो। यहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए।

पेलेको अन्तिम संस्कार वा श’वयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार जुनियर, काकालगायत उपस्थित नभएको भन्दै पेलेका प्रशंसकले उनीहरूको च’ र्को आ’ लो’ च’ ना गरेका छन्। नेयमार फ्रान्समा छन्। उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध छन्। त्यसैले क्लबको खेलका लागि उनी फ्रान्समा रहेका हुन्।

पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए। पेलेले जम्मा ४ वटा विश्वकप खेले। जसका तीनवटाको उपाधि उचाले। उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन्। उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिएका थिए। पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३ खेल खेले। जसमा उनले १२ सय ८१ गोल गरे। ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए।

ब्राजिलको सानो सहर मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा पेलेको जन्म भएको थियो। पिता क्लबस्तरका फुटबलर थिए भने आमा गृहिणी थिइन्। उनीहरुले आफ्नो छोराको नाम एडसन राखेका थिए। यो नाम राख्नुको कारणबारे पेलेले आफ्नो संस्मरण ‘व्हाई सुकर म्याटर्स’मा उल्लेख गरेका छन्।

‘जतिबेला मेरो जन्म भयो, त्यहीबेला हाम्रो शहरमा बिजुलीको बल्ब पुगेको थियो। मेरा मातापिता बल्बको उज्यालोको कारण दंग थिए। त्यसैले उनीहरुले यसलाई बनाउने वैज्ञानिक थोमस अल्भा एडिसनको सम्मानमा मेरो नाम एडिसन राख्नुपर्नेमा स्पेलिङमा भएको त्रुटिको कारण एडसन राखिएको थियो।’

यसरी त्रुटीवश पेलेको नाम एडसन राखिएको थियो। उनको पूरा नाम एडसन एरेन्टस डो नासिमेन्टो थियो। ब्राजिलमा यस्तै किसिमको लामो नाम राखिन्छ। यद्यपि ब्राजिलका मनिसहरुको उपनाम नै चलनचल्तीमा आउने गर्छ। ब्राजिलमा लगभग सबैजसो मानिसको एक वा दुई उपनाम अवश्यक हुन्छ। जसकारण घरका मानिसहरुलाई बोलाउन सजिलो हुन्छ।

एडसन अर्थात् पेलेको उपनाम डिको राखिएको थियो। मातापिता, दाजुभाइ वा चिनजानका मानिसले उनलाई डिको भनेर बोलाउँथे। डिकोका पिता आफैँ पनि फुटबलर थिए। तर, २५ वर्षको उमेरमा घाइते भएसँगै उनले आफ्नो फुटबल करिअर अघि बढाउन भने सकेनन्।

क्लबस्तरमै आफ्नो फुटबल करिअर अन्त्य गरेका उनले छोरालाई फुटबलर बनाउने सपना देखेका थिए। त्यसपछि उनीहरुको परिवार साओ पाउलोमा बसाइँ सरेको थियो। बाल्यकालदेखि नै प्रशिक्षण पाएका पेलेको चर्चा छरछिमेकमा पनि हुन थालेको थियो।

तर, उनलाई स्रोतसाधन अभाव थियो। पेले कहिलेकाहीँ फाटिसकेका पुराना लुगा पोको पारेर फुटबल बनाएर खेल्थे। कहिलेकाहीँ उनी नजिकैको स्टेसनबाट रेलको सामना चोरेर बेच्दै बल किन्ने पैसा जम्मा गर्थे। ९–१० वर्षको उमेरमा उनले आफ्ना साथीहरुलाई तीव्र गतिमा छकाउँथे, उनलाई कसैले पनि भेट्न सक्दैनथ्यो। त्यसपछि उनलाई ग्यासोलिना नयाँ नाम दिइयो। यो नाम राखिनुको कारण उनी ग्यासजस्तै छिटो दौडिन्थे। पेलेका अनुसार यो नाम उनलाई केही हदसम्म राम्रो पनि लागेको थियो।

यद्यपि उनको नाम पेले कसरी रहन गयो त? यसबारे विभिन्न किसिमका दाबी गरिँदै आएको छ। त्यसमध्ये सबैभन्दा चर्चित दाबी गेलिक भाषामा पेलेको अर्थ फुटबल भन्ने हुन्छ। त्यसैले उनको नाम पेले राखिएको हो। यद्यपि यसमा त्यति धेरै सत्यता भने देखिँदैन। किनकी गेलिक आयरल्याण्ड र आसपासका क्षेत्रमा बोलिने भाषा हो, यहाँको भाषाको अर्थ त्यतिबेला हजारौँ माइल टाढाको ब्राजिलमा कसरी पुग्यो भन्ने स्पष्ट आधार देखिँदैन।

पेले शब्द हिब्रू भाषामा पनि छ। यो भाषामा पेलेको अर्थ चमत्कार भन्ने हुन्छ। प्यालेस्टाइन र इजरायलको कुनै पनि शब्द ब्राजिलसम्म पुग्नु पनि असम्भव जस्तै थियो। यस्तोमा पेले नाम कसरी राखियो त भन्ने प्रश्न उठ्न सक्छ। त्यतिबेला ब्राजिलमा पोर्चुगिज भाषाको प्रयोग हुन्थ्यो।

पोर्चुगिज भाषमा पेलेको कुनै पनि अर्थ हुँदैन। यद्यपि १५ वर्षको उमेरमा सान्तोस क्लबमा जोडिँदासम्म उनी पेले नामबाटै परिचित भइसकेका थिए। पेलेले ‘व्हाइ सुकर म्याटर्स’मा आफ्नो नाम कसरी रहन गयो भन्ने विषयमा पनि उल्लेख गरेका छन्। ‘मलाई राम्रोसँग थाहा छैन कि मेरो नाम कहाँबाट आयो? तर, मेरो मामा जर्जले बताएको कुरामा भने म विश्वास गर्न सक्छु’, उनले लेखेका छन्।

पेलेका मामा जर्ज उनीसँगै बस्थे, धेरै वर्षसम्म उनको नोकरीबाटै पेलेको परिवारको भरणपोषण भएको थियो। जर्जका अनुसार ब्राजिलको बाउरुस्थित स्थानीय फुटबल क्लबको एक गोलकिपरको नाम बिले थियो। यो क्लबमा पेलेका पिता पनि खेल्थे। बिले आफ्नो शानदार गोकिपिङको कारण लोकप्रिय थिए।

‘अर्कोतर्फ बाल्यकालमा डिकोले पनि धेरै खेलमा गोलकिपरको भूमिका निर्वाह गरेका थिए। त्यसक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दा मानिसहरुले उनलाई दोस्रो बिलेको नामले बोलाउँथे।’ पेलेले किताबमा लेखेका छन्, ‘हेर्दाहेर्दै बिले कतिबेला पेले भयो पत्तै भएन।’ यद्यपि एक समयमा साथीहरुसँग भेट हुँदा कसैले उनलाई पेले भनेर बोलाउँदा उनी मेरो नाम त सही तरिकाले भन्ने गर भनेर साथीहरुलाई भन्ने गर्थे।

त्यसपछि उनलाई छरछिमेकका मानिसले पेले नामले बोलाउँथे। तर, आधिकारिकरुपमा पेले नामको प्रयोग भने सान्तोस क्लबले सुरु गरेको थियो। सान्तोसका प्रबन्धकले पेलेलाई एक ब्राण्ड बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसलाई उल्लेख गर्दै पेलेले लेखेका छन्, ‘पेले एक फरक पहिचान बनिसकेको थियो। एडसन बाउरुले आएको एक गरिब केटा थियो, जसलाई आफ्नो घर परिवारको याद आउँथ्यो तर अर्कोतर्फ पेले किशोरवयमा नै उदाउँदो स्टार थियो। जसमाथि धेरैले विश्वको सबैभन्दा ठूलो एथ्लेट बन्ने आशा राखेका थिए।’

उनले थपेका छन्, ‘एडसन सीमित दायरामा साँघुरिएको केटा थियो भने पेले हजारौं भीडमा सहजरुपमा मुस्कुराउन सक्थ्यो। एउटै मानिसको दुई भिन्न रुप थियो, दुई भिन्न वास्तविकता थियो। एउटालाई म चिन्थेँ, अर्को नयाँ थियो, परिवर्तन भइरहेको थियो र मलाई त्यसले डराउँथ्यो पनि।’

Post Views: 72

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme