काठमाडाैं : जिल्ला अदालतको आदेशविरुद्ध नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी आजका लागि तोकिएको छ । पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी आजका लागि तोकिएको हो ।
यसअघि दुईपटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रोमा उनको पेशी हेर्न नभ्याइनेमा परेको थियो ।
२० असोजमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनले थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् ।