Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

हास्यशृंखला ‘सक्किगो नि’को प्रसारण रोकियो

Posted on January 5, 2023

काठमाडौं : हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् । जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको बताए ।

पाँडेले भने, ‘टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको छ । यतिबेला हामी अलमलमा छौं । साथीहरुसँग बसेर छलफल गर्छौं र कसरी निरन्तरता दिने भनेर निष्कर्षमा पुग्छौं ।’ केही सातापछि पुनः दर्शकमाझ आउने योजना रहेको पाँडेले जानकारी दिए ।

२०७७ मंसिर १७ गतेदेखि यो श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । तीन वर्षको लागि गरिएको सहमतिअनुसार २०८० मंसिर १७ गतेसम्म सम्झौताको समयावधि रहेको समेत उनले जनाए ।

‘कन्टेन्ट बनाउँदा कहिले हाइ र कहिले लो भइहाल्छ । यद्यपि युट्युबमा पनि हाम्रो प्रत्येक एपिसोडको भ्युज २५ लाख हुन्थ्यो । विश्वकप फुटबलको समयमा पनि हामीले राम्रो लोकप्रियता हासिल गरेका थियौं,’ पाँडेले भने, ‘हामीले सय भाग पूरा गर्नु पनि टेलिभिजनको लागि उपलब्धिकै कुरा हो ।’

कुमार कट्टेल जिग्री र पाँडेले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेको यो सिरियलले गत साता सोलुखुम्बुको पतालेमा पुगेर १०० औं भागको खुसी साटेको थियो । हिमालय टेलिभिजनले पनि आजदेखि ‘सक्किगो नि’को प्रसारण स्थागित भएको पुष्टि गरेको छ ।

‘सय भागपछि नयाँ सिजन सुरु गर्ने र त्यसका लागि केही समय ब्रेक लिने भन्ने कार्यक्रम उत्पादन टिमको प्रस्ताव थियो,’ हिमालय टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठले भने, ‘सिजन ३ कसरी कुन स्वरुपमा ल्याउने, कस्तो गुणस्तर हुने भन्नेबारे उहाँहरुसँग छलफल चलिरहेको छ, निर्माण टिमको प्रस्ताव अनुसार नै केही साताका लागि ब्रेक लिइएको हो ।’

उत्कृष्ट कन्टेन्टमाथि लगानी गर्ने हिमालय टीभी व्यवस्थापनको उच्च प्राथमिकता भएकाले बदलिंदो समयअनुसारका कन्टेन्टमाथि लगानीलाई निरन्तरता दिइने श्रेष्ठले बताए ।

Post Views: 160

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme