Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अमेरिकाबाट नेपाल आइपुगिन् जल शाह, फिल्ममा फर्किने सम्भावना कति ?

Posted on January 5, 2023

काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री जल शाह डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । त्यता लागेदेखि उनी फिल्म करिअरबाट टाढा रहिन् । तर फिल्मप्रतिको मायाले उनलाई पछ्याउन छाडेको छैन । यसै साता जल नेपाल आएकी छन्, उनी एक महिना यतै रहनेछिन् ।

तीन वर्षपछि नेपाल आएकी जलले यसपटकको बसाइमा घुमघाम गर्ने, लङड्राइभ गर्नेदेखि फिल्म क्षेत्रका साथीभाइलाई भेट्ने योजना पनि बुनेकी छन् । सपरिवार आएकी जल काठमाडौंको मैतिदेवीस्थित घरमा बसेकी छन् । यसअघि आउँदा जलले फिल्ममा फर्कन र अभिनेता रमेश उप्रेतीसँग पुनः सहकार्य गर्न आफूलाई इच्छा लागेको बताएकी थिइन् ।

रमेशले पनि जललाई आफ्नो आगामी प्रोजेक्टमा लिनेबारे भेटेरै प्रस्ताव गर्ने बताए । ‘कमब्याकको कुरा जल शाहमै निर्भर गर्छ । पहिलेदेखि हाम्रो बन्डिङ राम्रो छ । फिल्ममा फर्कने कुरा उहाँसँग मिटिङ गरेर टुंगो लाग्ला,’ रमेशले भने, ‘चाँडै भेट हुन्छ र हामी यसबारे कुरा गर्छौं ।’

जलको फिल्म करिअर १३ वर्षको उमेरमा धार्मिक फिल्म ‘श्रीस्वास्थानी’बाट सुरु भएको थियो, त्यसमा उनले केमियो भूमिका निर्वाह गरेकी थिइन् । त्यसयता उनले अवतार, ईश्वर, शंकर, घुम्टो, ठूल्दाइ, नेपाली बाबु, एक नम्बरको पाखे, नाता रगतको, नेपाल प्यारो छ, बुहारी, आशिर्वाद, बादलपारि, यो मायाको सागर, सन्यास, जे भो राम्रै भो, जेठो कान्छो, राजु राजा राम, क्रोध र मजदुरमा अभिनय गरिन् । उनको पछिल्लो फिल्म मजदुर सन् २००६ मा रिलिज भएको थियो ।

Post Views: 68

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme