काठमाडौं ।
चर्चित हाँस्य कलाकार बुद्धि तामाङ हैटले भोलि विबाह गर्दैछन् ।बुद्धिले शुक्रबार मकवानपुरकी अनु थिङसँग परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।
यो जोडीको विबाह शुक्रबार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।३० वर्षीया थिङले स्नातकसम्मको अध्ययन गरेकी छिन् भने यो जोडीले मागि विबाह गर्न लागेका हुन् ।बुद्धिले परिवारकै माध्यमबाट अनु थिङसँग भेट भएको बताएका छन् ।
यो पनि : ‘प्रेमगीत ३’को हिन्दी डब नेपाली फिल्म नै भएको मन्त्रालयको ठहर : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । संञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताए ।
यस्तो निर्णय आएपछि अब प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार नभएको भन्दै पोखरेलले फिल्मले अब १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने बताए ।
बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।
मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ । पछिल्लो समय प्रेम गीत ३ विवादले नेपाली सिने क्षेत्र गमाृएको थियो । भने कलाकारहरु पनि पक्ष र विपक्षमा बोल्न थालेका थिए ।