Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

तपाईको आज : २०७९ पुस २२ गते शुक्रबारको दैनिक राशिफल

Posted on January 6, 2023

मेष– आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।

वृष– नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन– आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

कर्कट– आज राज्यबाट मान सम्मान पाइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ ।

सिंह– आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

कन्या– भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

तुला–आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साँझमा नरमाइलो समाचार सुनिएला ।

वृश्चिक– आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ ।

धनु– आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मकर– आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल उच्च रहनेछ ।

कुम्भ– महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।

मिन–आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।
ज्योप नारायणप्रसाद दुलाल

Post Views: 72

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme