Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नेयमारले ‘विश्वकप २०२६’ खेल्नेबारे आयो ठूलो नयाँ खबर

Posted on January 6, 2023

काठमाडौं।

नेयमार जुनियर ब्राजिलका एक स्टार फुटबलर हुन्। उनले हालै कतारमा सकिएको फिफा विश्वकप खेले। चोटका कारण उनले विश्वकपका सबै खेल भने उनले खेल्न पाएनन्। कतार विश्वकपअन्र्गत क्रोएसियाविरुद्ध नेयमारले अतिरिक्त समयमा गरेको गोल उनकै करियरकै महत्वपूर्णमध्ये एक थियो। तर, नेयमारले त्यो गोलको खुसी धेरै बेर मनाउनै पाएनन्, कारण क्रोएसियाको चौथो पेनाल्टीले जाली चुमेसँगै उनको टिम विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरियो।

खेलको अतिरिक्त समयमा क्रोएसियाको जब्बर रक्षापंक्ति तोड्दै नेयमारले शानदार गोल गरेका थिए। तर, त्यसको १० मिनेटपछि ब्रुनो पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए। त्यसपछि गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जहाँ क्रोएसियाले ४–२ को नतिजामा बाजी मार्‍यो।

विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित हुनु नेयमारका लागि सबैभन्दा पीडादायी क्षण बन्यो। विश्वकप सबै खेलाडीका लागि राष्ट्रिय टिमबाट जित्न चाहेको सबैभन्दा ठूलो उपाधि बन्छ। तर, अन्तिम आठको त्यो हारले नेयमारलाई पूर्ण रूपमा विक्षिप्त बनायो। उनी मैदानमै भक्कानिएका थिए।

ब्राजिलियन टिमको सबैभन्दा रुचाइएका खेलाडी भएपनि नेयमारले अझै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन्। उनी अब चार वर्षपछि हुने विश्वकपका लागि ब्राजिलियन टिममा बस्ने नबस्नेबारे पनि निश्चित छैन। क्यानडा, अमेरिका र मेक्सिकोमा विश्वकप २०२६ मा उनी ३४ वर्षको हुनेछन्। ‘यसबारे अहिले यहाँ केही निर्णय सुनाउनु निकै हतारो जस्तो हुन्छ। तर, म कुनैपनि कुराको ग्यारेन्टी दिन भने सक्दिन,’ क्रोएसियासँग हारेपछि आफ्नो करियरबारे नयमारले भनेका थिए, ‘मैले केही समय लिएर यसबारे सोच्न आवश्यक छ। मैले सेलेकाओका लागि ढोका बन्द गरिसकेको छैन तर, म शतप्रतिशत टिममा फर्किन्छु पनि भन्न खोजेको हैन।’

कतारको विश्वकपअघि नेयमारले यो नै उनको अन्तिम विश्वकप हो भन्ने कुरामा असहमति जनाएका पनि थिएनन्। ‘इमान्दारसाथ भन्नपर्दा अब के हुन्छ भन्नेबारे मलाई थाहा छैन। अहिले यसबारे कुरा गर्नु मेरा लागि निकै कठिन कुरा हो। अब हाम्रा लागि निराशाजनक र घर जाने समय हो,’ अन्तर्राष्ट्रिय करियरबारे दोधारमा देखिएका नेइमारको प्रतिक्रिया दिएका थिए।

सायद उपाधि जित्न नसकेको कुराले नेयमारलाई राष्ट्रिय टिम नछोड्न उत्प्रेरित गराउला। अहिलेसम्म नेयमारले राष्ट्रिय टिमबाट सन् २०१३ को कन्फेडेरेसन्स कप र २०१६ मा भएको ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेका छन्। सैद्धान्तिक रूपमा नेयमारसँग राष्ट्रिय टिमबारे निर्णयका लागि मार्चसम्मको समय छ। कारण, यही समयमा सन् २०२६ को विश्वकपका लागि दक्षिण अमेरिकी छनोट सुरु हुने आशा गरिएको छ।

जब उनले अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। खेलमा बनाएको अग्रताका कारण ब्राजिल सन् २०१४ पछि विश्वकपको सेमिफाइनल पुग्ने देखिएको थियो। क्रोएसियासँगको यो गोलसँगै नेयमारले ब्राजिलबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने सर्वकालीन महान् खेलाडी पेले (७७ गोल) को कीर्तिमानसँग बराबरी गरेका थिए। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा क्रोएसियाले बराबरी गोल फर्कायो र खेललाई पेनाल्टी सुटआउटमा पुर्‍यायो। जहाँ रोड्रिगो र मार्किन्होस पाँचपटकको विश्वविजेता ब्राजिलबाट पेनाल्टी गुमाउने दुई खेलाडी बने।

क्रोएसियाविरुद्ध पेनाल्टी सुटआउटमा नेइमारले प्रहारका लागि मौकासमेत पाएनन्। किनभने प्रशिक्षक टिटेले उनलाई पाँचौं प्रहारका लागि राखेका थिए। जुन प्रयोग नै हुन पाएन। सेमिफाइनल खेल्नु नेयमारको लागि राष्ट्रिय टिमबाट विश्वकपमा सबैभन्दा ठूलो सफलता बन्न सक्थ्यो। २०१४ मा ब्राजिलले घरेलु मैदानमा आयोजित विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दा नेयमारले चोटका कारण खेल्न पाएका थिएनन्। जहाँ ब्राजिलले जर्मनीसँग ७–१ को फराकिलो हार बेहोरेको थियो।

त्यसको चार वर्षपछि नेयमार र ब्राजिलले विश्वकपको क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ को हार बेहोर्‍यो। नेयमारले चोटकै कारण सन् २०१९ मा ब्राजिलमै भएको कोपा अमेरिका पनि गुमाएका थिए। जसको ब्राजिलले उपाधि नै जितेको थियो। उनी कतारमा पनि चोटबाट पर रहन सकेनन्। पहिलो खेलपछि नेयमारले लिगामेन्ट चोटका कारण समूह चरणका बाँकी दुई खेल गुमाएका थिए।

यो चोटका कारण नेयमारले विश्वकपका बाँकी खेल खेल्ने नखेल्नेबारे नै अनिश्चित बनेको थियो। तर, उनले अन्तिम–१६ को खेलसँगै टिममा पुनरागमन गरेका थिए। जहाँ ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले हराउँदा एक गोल गरेका थिए। ब्राजिलबाट १८ वर्षको उमेरदेखि खेल्दै आएका नेयमार छोटो समयमा नै राष्ट्रको चर्चित स्टार बनेका छन्।

नेयमारले अहिले नै ब्राजिलको टिम छोडे उनको स्थान लिने खेलाडी अझै देखिएको छैन। भिनिसियस जुनियर र सायद रोड्रिगो–तत्काल नेयमारको स्थान परिपूर्तिका लागि विकल्प बन्न सक्नेछन्। ब्राजिलसँगै विश्वभरका धेरै समर्थकले नेयमार फर्किनेछन् भन्ने आशा गरेका छन्।

नेयमारले २०२६ को विश्वकप खेल्ने सम्भवना छ। किनकि उनी उमेरले पनि अहिले ३० वर्षका मात्रै भए। अर्जेन्टिनाका लियोन मेस्सीले ३५ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ३७ वर्षको उमेरका कतार विश्वकप खेले। २०२६ को विश्वकप हुँदा नेयमार ३४ वर्षका हुनेछन्। त्यसैले उनले अझै राष्ट्रिय टिमबाट खेल्ने सम्भावना कायम रहेको छ।

Post Views: 23

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme