Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पाँचथरमा एम्बुलेन्स नपाउँदा १९ वर्षीया सुत्केरीको मृत्यु

Posted on January 6, 2023

पाँचथर – समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक-२ की सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका-२ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ ज्यान गएको हो ।

पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११:५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् ।

मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् । स्वास्थ्य चौकी माङ्जाबुङमा प्रसुति भइ सामान्य भएपछी स्वास्थ्य चौकी माङ्जाबुङबाट घर लैजान आफन्तहरु जम्मा भएका थिए तर एक्कासी बेहोस भएपछी आफन्तले जिल्ला अस्पताल लैजान गाडी खोजे पनि समयमै गाडी नभेटिएको र पर्याप्त समय नहुँदा अस्पताल पुर्‍याउन ढिलो भएको उनका आफन्तले बताएका छन् ।

पाँचथर अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापाले प्रसूतिपछि हुने अत्यधिक रक्तश्रावकै कारण उनको मृत्यु भएको बताए ।

जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक पाँचथरका अन्य स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध छैन ।

Post Views: 81

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme