Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

लुक्सले गर्दा केही फिल्म इच्छा भएर पनि गर्न पाइनँ : आयुष्मान

Posted on January 7, 2023

फिल्म ‘चपली हाइट २’बाट अभिनेताको रुपमा डेब्यू गरेका आयुष्मान देशराज जोशीको करिअर उतार-चढावपूर्ण छ । फिल्मको व्यवसायिक सफलताका लागि तिर्खाएका उनको यस वर्षका लागि पहिलो फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ भोलि शुक्रबारबाट प्रदर्शन हुँदैछ । लभस्टोरी फिल्ममा काम गर्दै आएका उनले पहिलो पटक हरर फिल्मको अनुभव लिएका हुन् ।

उनले गरेका फिल्म र त्यसमा निभाएको चरित्र हेर्दा उनको ‘कम्फर्ट जोन’ लभस्टोरी देखिन्छ । तर, उनी आफ्नो कुनै पनि ‘कम्फर्ट जोन’ नभएको बताउँछन् । उनी भन्छन्, ‘मैले त्यस्तो कुनै ‘कम्फर्ट जोन’ भनेर बनाएको छैन । मलाई अफर आएको फिल्ममा काम गर्न सक्छु कि सक्दिनँ भनेर विभिन्न हिसाबले निर्णय गर्ने गर्छु । हामीले चाह्यौं भने आफ्नो ‘कम्फर्ट जोन’ बनाउन चाहिँ सकिन्छ ।’

आफूले कति मिहिनेत गर्न सकिन्छ र टिमसँग कति क्षमता छ भन्ने कुरा बुझेपछि मात्र फिल्म छनोट गर्ने गरेको आयुष्मानको भनाई छ । आफूलाई लुक्सले पनि कतिपय अवस्थामा असर गरेको उनको अनुभव छ । केही प्रोजेक्टहरुमा काम गर्ने अगाध इच्छा भएर पनि लुक्सले नदिएको उनी बताउँछन् । कलाकारले ‘कम्फर्ट जोन’भन्दा पनि आफ्नो सीमितता बुझ्नु पर्ने आयुष्मानको धारणा छ ।

‘कसैले फिल्म अफर गर्‍यो र त्यसमा कपाल खौरिनु गर्‍यो भने त्यसको औचित्य छ कि छैन भनेर म बुझ्छु नै,’ आयुष्मान निर्धक्कका साथ अगाडि भन्छन्, ‘मैले आज कपाल खौरिएर सुट गर्दा पो त्यो काम लाग्छ तर मेरो नीजि जीवन पनि त छ नि । फिल्मका लागि कपाल खौरिँदा मेरो नीजि जीवनमा कस्तो असर गर्छ मैले त्यो पनि सोच्नु पर्ने हुन्छ । त्यहाँ पारिश्रमिकको पनि कुरा आउन सक्छ ।’

पहिलो पटक हरर फिल्ममा काम गरेका आयुष्मान आफूलाई भूतभन्दा मान्छेसँग बढी डर लाग्ने बताउँछन् । तर, अदृश्य शक्तिप्रति उनलाई विश्वास भने लाग्छ । एकपटक प्रत्यक्ष भूत देखेको घटना उनी कहिल्यै भुल्न सक्दैनन् । ‘चि मुसी चि’मा काम गर्न राजी हुनुको कारण भने उनी स्क्रिप्टलाई मान्छन् । यो फिल्म सन्देश दिनभन्दा पनि मनोरञ्जन दिने उद्देश्यले बनेको जोशीको भनाई छ ।

Post Views: 67

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme