Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेस्सीको साथ पाउँदा देखाए जादू, अहिले ह्वात्तै बढ्यो मूल्य ! कति ?

Posted on January 7, 2023

एजेन्सी – विश्वकप अगाडी खासै सुनिएको नाम होइन एन्जो फर्नान्डेज। तर विश्वकप पछि भने सर्वत्र उनकै चर्चा छ। विश्वकपभर कप्तान लियोनेल मेस्सीसँग उनको धेरै राम्रो तालमेल देखिएको थियो। जसकारण उनको चर्चा ह्वात्तै बढेको छ।

विश्वकपभर उनले धेरै नै परिपक्क प्रदर्शन गर्न सके। एक हिसाबले भन्ने हो भने अर्जेन्टिना विश्वकप विजेता भन्नुमा उनको पनि महत्वपूर्ण भूमिका थियो। विश्वकप भन्दा अगाडी उनको नाम त्यति चर्चामा थिएन।

विश्वकपकै उत्कृष्ट युवा खेलाडी घोषित भएका उनी यति बेला भने निरन्तर चर्चामा छन्। उनका पछाडी युरोपका ठूला भनिएका धेरै क्लबहरु छन्। उनका लागि लिभरपुल, चेल्सी, रियल म्याड्रिड जस्ता क्लबहरु प्रतिष्पर्धा गरिरहेका छन्।

क्लबको कुरा गर्ने हो भने उनी पोर्चुगिज क्लब बेन्फिकामा आवद्ध छन्। उनलाई बेन्फिकाले गत समर ट्रान्सफर विन्डोमा मात्रै भित्र्याएको हो। उनका लागि बेन्फिकाले १० मिलियन खर्च गरेको थियो।

तर एक सिजन बित्नु भन्दा अगाडी नै उनले बेन्फिका छाड्ने अवस्था बनेको छ। अर्जेन्टिनाको रिभर प्लेटबाट उनलाई बेन्फिकाले जतिमा किनेर प्याएको थियो, त्यो भन्दा कयौं गुणा बढीमा उनी बिक्री हुने अवस्था बनेको छ। ‘

खबरका अनुसार उनको मूल्य १ सय २० मिलियन युरो आसपास रहेको छ। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनीमाथि अहिले युरोपका चर्चित क्लबले नजर लगाइरहेका छन्। जसकारण बेन्फिकाले उनको रिलिज क्लज १२० मिलियन युरो राखेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

उनलाई भित्र्याउन चेल्सीले पहल गरिरहेको बिबिसीले जनाएको छ। उनको रिलिज क्लब सुरुमै तिर्न भने चेल्सी तयार देखिएको छैन। चेल्सीले उनलाई किस्तामा रकम तिर्न प्रस्ताव गरेको चर्चा छ।

Post Views: 66

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme