Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अष्ट्रेलियाकामा २२ वर्षिय नेपाली युवती प्रनिता श्रेष्ठको दुःखद निधन, शव नेपाल ल्याउन सहयोग संकलन गरिँदै !

Posted on January 7, 2023

सिड्नी/ नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा एक नेपाली युवती मृत अवस्था भेटिएका छन् । सिड्नीको नेपाल महावाणिज्यदुत दिपक खड्का अनुसार निधन हुनेमा २२ वर्षिय प्रनिता श्रेष्ठ हुन् । न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तथा पोष्टमार्टमको प्रकृया सुरु भइसकेकाले यस बारे थप विवरण दिन नमिल्ने नेपालट्युबलाई जानकारी गराएको छ ।

नेपालट्युबले नेपालस्थित मृतकको आमा र सिड्नीस्थित सानी आमा (आमाकी बहिनी )संग सम्पर्क गरिसकेको छ । परिवारका सदस्यहरुका अनुसार मृतक प्रनिता निकै मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो । प्रनिताको शव नेपाल पठाउन सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत सहयोग संकलन सुरु गर्नु भएको छ ।

नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १० हजार डलर खर्च हुने भएकाले सहयोग संकलन गरिएको श्वेताले बताउनुभयो । यो दुखको घडीमा सबै मिलेर सहयोग गरिदिन स्वेताले अनुरोध गर्नुभएको छ ।

सहयोग संकलन गर्न गैर आवासिय नेपाली संघ न्युसाउथ वेल्सले समेत सघाउने संयोजक देव गुरुङले जानकारी दिनुभयो । अष्ट्रेलियामा हुनुहुन्छ र मानसिक तनावमा हुनुहुन्छ भने लाइफ लाइनको १३१११४ मा अहिले नै फोन गर्नुहोस् । यो सेवा निशुल्क उपलब्ध छ ।

Post Views: 324

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme