Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

शंकरसँगको फोटो देखाउँदै जेरीले भन्छिन्- तीतै भए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ

Posted on January 7, 2023

काठमाडौं । भनिन्छ ‘माया त माया हो, अलग भए पनि चोखो माया त कहाँ छुट्छ र ?’ यो भनाइ गायिका बबिता बानियाँ ‘जेरी’सँग मेल खाएको छ । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा जेरी र शंकर क्षेत्रीबीच कानुनीरुपमै सम्बन्ध विच्छेद भएको थियो । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमतिमा उनीहरु अलग भएका थिए ।

अलग भएको डेढ महिनामै जेरीले फेसबुकमा पूर्वपतिसँगको तस्वीर सेयर गर्दै शंकर र बच्चाप्रति माया दर्शाएकी छन् । उनी लेख्छिन्, ‘तीतै भए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ ।’ उक्त तस्वीर पुरानै भएको पनि उनले उल्लेख गरेकी छन् ।

जेरीको यो पोस्टमा मिश्रित प्रतिक्रिया प्राप्त भएका छन् । केहीले सम्बन्ध सकिंदैमा सद्भाव सकिनुपर्छ भन्ने छैन भनेर लेखेका छन् । केहीले माया दोहोरो भएको भए यो दिन आउने थिएन भनेर लेखेका छन् । कतिपयले पुनः जोडिन सुझाएका छन् भने केहीले फोटो पोस्ट गर्नु जेरीको केटाकेटी पारा भएको लेखेका छन् ।

विवाह भएको १४ दिनपछि नै आफूमाथि शारीरिक र मानसिक शोषण भएको भनेकी जेरीले श्रीमानको विवाहेत्तर सम्बन्ध पनि खटपटको प्रमुख कारण रहेको बताएकी थिइन् ।

Post Views: 35

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme