Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सम्बन्धबिच्छेद गरेकी पूर्वमिस नेपाल उषा खड्गीले पाइनन् अंश !

Posted on January 7, 2023

उषा खड्गीलाई प्रेरणाको स्रोत मानेर अगाडि बढ्नेहरू धेरै छन् । पूर्व मिस नेपाल, व्यवसायी, कार्यक्रम प्रस्तोता तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन कदम चाल्ने एक चिरपरिचित नाम हो । तर तीनै खड्गीले सम्वन्धविच्छेद पछि अदालतले निर्धारण गरेको अंश नपाएको दाबी गरेकी छिन् ।

उषा खड्गी र गणेश प्रसाद तिमलसेना (जिपी तिमलसे‍ना) बीच २०५९ साल वैशाख २६ गते धार्मिक परम्परा अनुसार मागी विवाह भएको थियो । यो दम्पतीको पहिलो सन्तानको रूपमा ०६२ सालमा छोरी र दोस्रो सन्तानको रूपमा २०७१ सालमा छोराको जन्म भएको छ ।

२०७५ सालदेखि मनमुटाब र बेमेलको अवस्था सिर्जना भएपछि खड्गीले २०७६ साल असार १८ गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । मुद्दा दर्ता भएको तीन वर्षपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले २०७९ साल जेठ २६ गते अन्तिम फैसला गर्दै अं‌शभागबण्डा गरी सम्बन्ध विच्छेद गर्ने आदेश दिएका थिए ।

केटिएम दैनिकले प्राप्त गरेको अदालतको आदेशमा गणेश प्रसाद तिमलसेनाको नाममा भक्तपुरमा रहेको घरको मूल्य एक करोड कायम गर्दै उक्त घरको चार भागको एक भाग खड्गीलाई दिनु भनेको छ ।

सम्वन्धविच्छेद गरेता पनि खड्की र तिमलसेना अहिले एउटै घरमा बस्दै आइरहेका छन् । छोराछोरीसहित बस्दै आइरहेकी खड्कीले अदालतको निर्णयअनुसार आफ्नो भाग लिएर अन्तै बस्ने चाहना गरेता पनि सो सफल हुन सकेको छैन । तिमलसेनाले यही मङ्सिर १९ गते विवाह गरेर ल्याएकी श्रीमती पनि सोही घरमा बस्दै आएकी छन् ।

दुई परिवार एउटै घरमा बस्न नसक्ने भन्दै खड्की अदालतको निर्णय कागजमा मात्र भयो सम्बन्ध विच्छेद भएको छ महिनासम्म पनि अंश नपाएको गुनासो गर्छिन् । स्रोतका अनुसार बेहुली लिएर आउँदै गरेका तिमलसेना र खड्गीको भेट घरअगाडिको आगनमा भएको हो ।

स्रोतका अनुसार जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि तिमलसेना उच्च अदालत गएका छन् ।स्रोत केटिएम दैनिक

Post Views: 161

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme