एजेन्सी – विश्वकपमा किलियन एम्बाप्पे प्रेरित फ्रान्सलाई पराजित गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले एक पटक पुनः एम्बाप्पेलाई पछि परेका छन्। विभिन्न व्यक्तिगत अवार्डहरुमा एम्बाप्पेलाई पछि पारिरहेका मेस्सीले एम्बाप्पेलाई एक पटक फेरी पछि पारेका हुन्।
फ्रेन्च पत्रिका लेइक्विपले प्रदान गर्ने च्याम्पियन अफ च्याम्पियन्स अवार्डमा मेस्सीले एम्बाप्पेलाई मात्र नभई टेनिसका चर्चित खेलाडी राफेल नाडाललाई पनि पछि पारे। मेस्सीले एम्बाप्पे भन्दा दोब्बर र नाडाल भन्दा झन्डै तेब्बर अंक पाउँदै सो अवार्ड जिते।
अर्जेन्टिनालाई कतारमा विश्वकप दिलाउन महत्वपूर्ण भूमिका निभाएका मेस्सीले ८ सय ८ अंक प्राप्त गर्दा एम्बाप्पेले ३ सय ८१ अंक प्राप्त गरे। मेस्सीले एम्बाप्पे भन्दा ४ सय २७ बढी अंक प्राप्त गरे।
स्सी ५ सय २३ बढी अंक मेस्सीले प्राप्त गरे। नाडालले च्याम्पियन अफ च्याम्पियन्स अवार्डको तेस्रो स्थानमा रहनको लागि २ सय ८५ अंक प्राप्त गरेका थिए।
चौंथो स्थानमा बेल्जियमका साइक्लिस्ट रेम्को इभेनोपोएलले २ सय ५२ अंक प्राप्त गर्दा पाँचौ स्थानमा एफवान सुपरस्टार म्याक्स भर्सटापेन रहे। उनले १ सय ९६ अंक प्राप्त गरे।
स्पेनिस महारथी रियल म्याड्रिडका फ्रेन्च स्टार करिम बेन्जेमा च्याम्पियन अफ च्याम्पियन्स अवार्डको दौडमा छैठौं भए। उनले १ सय ९६ अंक प्राप्त गरे।
विश्वकप भर मेस्सी र एम्बाप्पे दुवैले उच्च प्रदर्शन गरेका थिए। मेस्सीले प्रतियोगिताभर उच्च प्रदर्शन गर्दै गोल्डेन बल जित्दा एम्बाप्पेले गोल्डेन बुट जितेका थिए। विश्वकपमा मेस्सीले ७ गोल गर्दा एम्बाप्पेले ८ गोल गरेका थिए।
सन् २०२२-२३ को सिजनमा मेस्सी र एम्बपपे दुवै उच्च लयमा रहेका छन्। पिएसजीका लागि मेस्सीले यस सिजन १२ गोल गर्दा १४ असिस्ट दिएका छन्। कुल १९ खेलमा मेस्सीले यो संख्यामा गोल गरेका हुन्।
त्यस्तै एम्बाप्पेले भने पिएसजीका लागि जारी सिजनमा कुल २२ खेल खेलेका छन्। जसमा उनले २० गोल गरेका छन् भने ३ असिस्ट दिएका छन्। एकै क्लबबाट खेलेपछि यस वर्ष विभिन्न व्यक्तिगत अवार्डका लागि दुई बीच प्रतिष्पर्धा हुने लगभग पक्का छ।