Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आमा बन्दै रेखा थापा

Posted on January 8, 2023

काठमाडौ । रेखा थापा नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका हुन्। मोरङकी रेखा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन्। नेपाली चलचित्र जगतमा थापाले एकछत्र राज गरिन्।

हाल दुइ चलचित्रको काममा ब्यस्त छिन् । जाजरकोटका बलराम शाहीसँग २०७८ सालमा अदालती विवाह गरेकी अभिनेत्री रेखा थापाले सन्तानका लागि अहिले आफ्नो उमेर नभइसकेको बताएकी छन् ।

तर बिहीबार फिल्म ‘ह्यारी कि प्यारी’को गीत रिलिज कार्यक्रममा पत्रकारले सोधेको बच्चाको प्रश्नमा उनले भनिन्, ‘भर्खर त म १६ वर्षकी भएँ । म अलि धार्मिक भएकाले जुर्नु पनि पर्छ भनिन्छ । तर, फिल्म र सन्तान सँगसँगै देख्न पाइन्छ ।’

केही वर्षयता रेखा अभिनयभन्दा राजनीतिमा सक्रिय छिन् । यसपालीको संघीय निर्वाचनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नं. ३ का लागि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् ।

चुनावी नतिजा उनको पक्षमा आएन । उनी राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा पनि पराजित भएकी थिइन् । अब भने उनी फिल्म निर्माण तथा अभिनयमा फर्किँदैछिन् । उनले भनिन्, ‘कोरोना महामारीका कारण रोकिएको फिल्म अब सुरु गर्दैछु । दुईटा फिल्म पाइपलाइनमा छन् । एउटा फागुनमा र अर्को बैशाखमा छायांकन हुनेछ ।

अहिले त्यसैको काम भैरहेको छ । महाधिवेशन, स्थानीय तहको निर्वाचन र संघीय निर्वाचनले गर्दा मैले नभ्याएका कारण फिल्म नबनाएको हो ।’ रेखाले दुई फिल्मध्ये एउटा आगामी भदौमा प्रदर्शन हुन सक्ने बताएकी छन् । आफू जहाँ पुगे पनि पहिलो प्राथमिकतामा फिल्म नै हुने रेखाको भनाई छ । ‘मेरो आत्मा जोडिएको ठाउँ हो यो ।

जुन ठाउँले मलाई चिनाएको छ, त्यो त छाड्दै छाड्दिनँ । मेरो पहिलो प्राथमिकता फिल्म नै हुन्छ,’ उनले भनिन्, ‘मैले फिल्म खेले पनि वा नखेले पनि फिल्म चाहिँ बनाउँछु नै ।

९० वर्षको उमेरमा पनि एक्सन-कट भनेरै बस्छु, यदि सकिनँ भने फिल्म निर्माण गरेर भए पनि बस्छु ।’ केहि बर्ष चलचित्र क्षेत्रमा सक्रिय रुपमा काम गरेपनि भविष्यमा भने राजनितीमा पुर्ण रुपमा लाग्ने उनि बताउँछिन् ।

Post Views: 224

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme