Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

फ्रान्स फुटबल टिमका लागि आयो ठूलो खुसीको खबर

Posted on January 8, 2023

काठमाडौं।

फ्रान्स फुटबल टिमका लागि एउटा खुसीको खबर आएको छ। फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले सम्झौता नवीकरण गरेका छन्। फ्रान्स फुटबल फेडेरेसनले शनिबार डेस्च्याम्पको सम्झौता नवीकरण गरिएको जनाएको छ।

डेस्च्याम्प अब २०२६ सम्म फ्रान्सका मुख्य प्रशिक्षक रहने छन्। ५४ वर्षीय डेस्च्याम्प २०१२ बाट मुख्य प्रशिक्षक रहेका थिए। डेस्च्याम्पको नेतृत्वमा फ्रान्सले २०१८ मा विश्वकप उपाधि जितेको थियो।

यस्तै २०२२ को कतार विश्वकपमा उपविजेता बनेको थियो। यस्तै, डेस्च्याम्पले फ्रान्सलाई २०१४ को विश्वकपमा क्वाटरफाइनल र २०१६ को युरोमा फाइनलसम्म पुर्‍याएका थिए। डेस्च्याम्पको नेतृत्वमा फ्रान्सले ८९ जित, २८ बराबरी र २२ हार व्यहोरेको छ।

यी ‘आप्रवासी खेलाडी’ ले चम्काएको फ्रान्सेली फुटबल

सन् १९९८ मा फ्रान्सले पहिलोपटक फिफा विश्वकप जित्दा प्रशंसकहरू आफ्नो राष्ट्रको विजयको उत्सव मनाउन च्याम्प्स–एलिसिजमा भेला भएका थिए। ब्राजिलमाथि फ्रान्सको ३–० को जितमा दुई गोल गरेका जिनेदिन जिदानको तस्बिर आर्क डे ट्रियोम्फमा ‘मर्सी जिजोउ’ र ‘जिदान प्रेसिडेन्ट’ लेखिएको थियो।

धेरैले यसलाई एउटै झण्डामुनि उभिएको नयाँ बहुसांस्कृतिक फ्रान्सको प्रतीकको रूपमा हेरे। जिदान दोस्रो पुस्ताका अल्जेरियन आप्रवासी थिए र आर्मेनियाली, घानायन, सेनेगाली र ग्वाडेलोपियन वंशका नौ खेलाडीहरू समावेश भएको फ्रान्सेली टोलीका हिस्सा थिए। मिडियाले फ्रान्सेली टोलीको उपनाम लेस ब्लुसबाट परिर्वतन गरेर “ब्ल्याक, ब्ल्याङ्क, बेउर’ (कालो सेतो र अरब) राखिदिए।

तत्कालीन फ्रान्सेली राष्ट्रपति ज्याक शिराकले आफ्नो औपनिवेशिक विगतबाट बाहिर आउन चाहने राष्ट्रको लागि यो एक प्रकारको उपचार सावित भयो, जुन टोलीलाई ‘तिरंगा र बहुरङ्गी टोली’ भनेर वर्णन गर्न थालेको थियो। द्यपि, यो पहिलो वा अन्तिमपटक थिएन जब यति धेरै फ्रान्समा आधारित आप्रवासी खेलाडीहरू चर्चामा आए।

वास्तवमा, फ्रान्सको फुटबललाई आप्रवासीहरूले आकार दिएका हुन्। २०औं शताब्दीको मध्यमा फ्रान्सेली क्लब आरसी लेन्स र एएस सेन्ट–इटिएन खानी क्षेत्र वरिपरि बस्नेहरुबाट बनाइएका थिए, जसमा पोलिश र इटालियन आप्रवासीहरू थिए। जबकि सेनेगाली वंशका राउल डायग्ने १९३८ को विश्वकपमा फ्रान्सको पहिलो अश्वेत खेलाडी बनेका थिए।

समयक्रमसंगै राचिड मेक्लोफि (अल्जेरिया), मारियस ट्रेसर ग्वाडेलोपियन मुलका, मोरक्कोका लारबी बेन्बारेकले फ्रान्सेली फुटबललाई उल्लेखनीय रूपमा प्रभाव छाड्न सफल रहे। सन् २०१८ को विश्वविजेता टोलीमा अफ्रिकी मुलका १५ भन्दा बढि खेलाडी थिए। सन् २०२२ को उपविजेता टोलीसमेत पहिलो पुस्ताका आप्रवासीहरुका छोरा नातीहरूमा निर्भर रहेको थियो।

टोलीका स्टार खेलाडी केलियन एमबाप्पे पेरिसको उपनगरमा हुर्केका हुन सक्छन्, तर उनका बुबा विल्फ्रेड, क्यामरुनका हुन् र उनकी आमा फयजा लामारी अल्जेरियन हुन्। एन्टोइन ग्रिजम्यानका हजुरबुवा अमारो लोपेस पोर्चुगिज थिए जबकि उस्माने डेम्बेलेकी आमा फातिमाता मौरिटानियन हुन् र उनका बुबा उस्माने स्नआर मालीका हुन्।

त्यस्तै, उरेलियन टोचेमेनी क्यामेरोनियन वंशका हुन्। डेयटर उप्कमेनोको बंशज गिनी बिसाउमा छन्। जुलियन कोन्डे नाइजेरिया, टोगो र बेनिन पुर्खाका मिश्रित हुन्। एडुआर्डो क्यामाभिङ्गा कंगोली आमाबाबुमा जन्मेका थिए। हर्नान्डेज दाजुभाइ लुकास र थियो स्पेनी जीनहरू हुन्। विभिन्न अफ्रिकी आप्रवासी मूलबाट प्रतिनिधित्व गरेको खेलाडीहरु भए पनि प्रशिक्षक डिडिएर डेस्च्याम्पलाई खेलाडीहरूलाई २०१८ र २०२२ को विश्वकप टोलीबाट प्रतिनिधित्व गराउन कुनै समस्या भएन।

यसकारण फ्रान्सेली टोलीलाई विविधता र एकताको प्रतीकको रूपमा प्रशंसा गरिन्छ। जसको उपलब्धिलाई फ्रान्सेली समर्थकहरूले मनाउने र हौसला दिएका छन्। कतार विश्वकप अघि मध्यमार्गी इमानुएल म्याक्रोन र राष्ट्रवादी मरीन ले पेन बीचको राष्ट्रपतिको चुनावले फ्रान्समा आप्रवासीहरुको भविष्यको निर्णय गर्नेवाला थियो। ले पेनको अभियानको एउटा प्रमुख पक्ष आप्रवासी माथि कठोर कानुन ल्याउनु थियो।

म्याक्रोन मध्यमार्गी बाटो अपनाउँदै उदारताको पक्षमा थिए। म्याक्रोन राष्ट्रपतिमा बिजयी भएपछि जनमत संग्रह लागू भएन। विश्वकपपछि फ्रान्सेली जनताले बहु–जातीय टोलीको सफलताले फ्रान्सलाई बलियो बनाउने र राष्ट्रपतिको दौडलाई रेखांकित गर्ने जातीय तनावबाट मुक्त हुने विश्वास लिएका छन्।

Post Views: 57

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme